Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मेरो लागि व्रत नबस

जनता भ्वाइस by जनता भ्वाइस
July 24, 2020
in साहित्य
0
मेरो लागि व्रत नबस
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

हरिया चुरा, रातो सारी
हात भरि लपक्कै मेहेन्दी
श्रावण महिना, नौ गेडी उनेको पोते
ओँठ भरि रातै लाली
सलक्क परेको कपाल, चाउचाउ झैँ बंग्याई
“बोल–बम् बोल–बम्” बर्बराउँदै
बाटाभरिका पुरुषहरुको रमिता बन्छौ
बाबाधाम् पुगी शिवजीको पूजा गरी
पुनः बोल बम् चिच्याउँदै घरमा आई
मिठामिठा परिकार बनाई खान्छौ
अनि फेरि फुर्ति लाउँछौ तिम्रै लागि व्रत बसेको
हेर, यस्तो ढर्रा र भ्रममा फस्दै नफस
भो प्रिय मेरो लागि व्रत बस्दै नबस ।

अबको केही दिनपछि भदौ आउँछ
तिम्रो व्रतको अर्को इपोसोड पुनः शुरु हुन्छ
एक दिने तिजको व्रतको लागि
एक महिने पार्टी शुरु गर्छौ
पालै पालो साथीकामा गइ डिनर खान्छौ
कम्मर भाँच्चिने गरी नाच्छौ, रमाइलो गर्छौ
काम लगाउदा “पिडौला कस्तो गल्या” भन्छौ
गहना–गुरिया, गोल्डेनको सारी
प्रदर्शन गर्ने अवसर पारी
थुतुनो चुच्चो पारी गरेको सेल्फी पोष्टको
लाइक र कमेन्ट छिनछिनमै गन्छौ

घरमा आइ
न छोराछोरी, न त श्रीमान तिर हेर्छौ
“कस्तो फनन्न घुमायो” भनि नचाहिदो स्वाङ पारी
उल्टै थाकेको छु है भनी कोल्टे परी सुत्छौ
“ब्रतको दिन सक्दिन खाना बनाउन ”
उल्टै ङ्याङ ङयाङ गर्छौ
अनि पुनः तिम्रै आयुको लागि व्रत बसेकी भन्छौ
नाईँ प्रभु मलाई लामो आयु चाहिन्न
मलाई केवल तिमिसँग बाच्न पाए पुग्छ
हेर व्रतको जिद्दी अब कस्दै नकस
भो प्रिय मेरो लागि यो व्रत बस्दै नबस …!

के औँसी, के एकादशी
म दिनभरि गोरु झैँ जोतिने
तिमी सत्सङ्गमा जान किरिम पाउडरमा पोतिने
आइतबार –सूर्य
सोमबार –शंकर
मंगलबार –गणेश
…………….
सात बारे सप्ताहमा सातै बार व्रत बस्छौ
देवताहरुको पूजाआजामा व्यस्त,
पाण्डाहरुको प्रवचनमै मस्त
आफु, घर सबै नै बिर्सिसक्यौ प्रिय
हेर, यस्ता नचाहिदो ब्रतको भ्रममा फस्दै नफस
आइन्दा प्रिय मेरो लागि व्रत बस्दै नबस ….!

तिम्रो यो धारावाहिक व्रत श्रृंखला देख्दा
हाम्रो सुन्दर घर भत्किनै लाग्दा
छोराछोरीले कतै तिम्रो मुहार बिर्सेलान्
घ्यु र नैबेधको गन्धले
छिमेकीले समेत पाखण्डीको पोइ भन्न थालिसके
बरु यो सब रोकी घर सम्हाल्न कम्मर कस
यो व्रतको अनिश्चित इपिसोडमा फस्दै नफस
भो प्रिय अबदेखि मेरो लागि व्रत बस्दै नबस ,
व्रत बस्दै नबस ….!

✍️ निर्मल घिमिरे,बालगङ्गा, हरिवन १० सर्लाही हाल : टोकियो जापान 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ओली–देउवा भेटघाट, के छलफल भयो त भेटमा ?

Next Post

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

Next Post
हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.