खाँडादेवी प्रगतिशील युवा समजले पकरबास स्वस्थ्य चौकीलाई विभिन्न स्वस्थ्य सामाग्री वितरण गरेको छ ।
खाँडादेवी प्रगतिशील बिपद कोषबाट कोरोना माहामारि नियन्त्रण तथा रोकथाम को लागि उक्त सामाग्री वितरण गरेको समाजले जनाएको छ । समाजले पकरबास स्वास्थ्य चौकीमा अक्सिजन कन्सनटेटर २ थान इलोक्ट्रनिक औजार सफा गर्ने अटोकेल्भ १ थान सेनिटाइजर सहित स्वास्थ सामाग्री हस्तान्तरण गरेको समाजका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिएका छन् । अक्सिजन बिना अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै समाजले उक्त अक्सिजन कन्सनटेटर वितरण गरेको पनि श्रेष्ठले जानकारी दिए । कोरोना भाइरसको दोश्रो भेरियन्ट आएसगैं रामेछापका गाउँ बस्ती पनि संक्रमणको सिकार भएका छन् । कोरोना संक्रमणबाट कोहि कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्दै समाजले बिगतको बर्ष कोष नै स्थापना गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा खाँडादेवी गाँउपलिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ , वडा नं -५ का वडा अध्यक्ष तुलसीदाश श्रेष्ठ लगायत जनप्रतिनिधिहरु , समाजका पदाधिकारी लगायत सदस्यहरु र स्थानीय बुद्धिजिवीको समेत उपस्तिथि रहेको थियो