Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाउँपालिकाको केन्द्रमा नै अस्पताल बन्छ– अध्यक्ष खड्का

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
गाउँपालिकाको केन्द्रमा नै अस्पताल बन्छ– अध्यक्ष खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । गाउँपालिकामा निमार्ण हुन लागेको अस्पतालको बिषयमा विभिन्न सामाजिक सञ्जालमा अतिरन्जीत किसिमले कुप्रचार गरेको भन्दै गाउँपालिकाको केन्द्रमा नै अस्पताल निमार्ण हुने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काले बताएका छन् ।
लिखु तामाकोशी गाउँपालिकाको केन्द्र विन्दु मानिएको सोही पालिकाको वडा नं ४ बिजुलीकोटको नागीमा १५ शैयाको अस्पताल निमार्ण गर्ने गरी २०७७ मंरि ७ गते शिलान्यास समेत भइसकेको छ । शिलान्यास भइसकेको अस्पतालको कामलाई तिव्रता दिनुको साटो उक्त अस्पतालको काम रोकी त्यस अस्पतालको वजेट सोही गाउँपालिकाको वडा नं ६ खिम्ती प्राथमिक स्वास्थ्य केन्द्रमा विनियोजन भएपछि अस्पतालको बिषयलाई लिएर पालिकामा विवाद शुरु भएको हो ।
सबै नागरिकहरुको पायक पर्ने ठाउँ विजुलीकोट वडा नं ४ नागी नै पर्ने भएकाले यसअघि त्यहीँ अस्पताल निमार्णको लागि गाउँपालिकाले निर्णय गरी नेपाल सरकारलाई आवश्यक वजेटको व्यवस्थापनको लागि पत्राचार गरेको थियो । पालिकाको केन्द्र विन्दुमा निमार्ण हुन लागेको अस्पतालको शिलान्यास पछि आवश्यक वजेटको लागि पालिकाले प्रदेश सरकारसँग माग गरेको थियो । अस्पतालमा केही व्यक्तिको स्वार्थ जोडिएपछि शिलान्यास भएको अस्पतालको नाममा आउने वजेट खिम्तीको प्राथमिक स्वास्थ्य केन्द्रमा विनियोजन भएपछि अस्पताल कहाँ बन्ने भन्ने बिषयमा पालिका भित्र दुविधा उत्पन्न भएको हो ।
लिखुका स्थानियहरुले पालिकाले छनौट गरेको स्थानमा नै अस्पताल निमार्ण हुनुपर्ने माग राखेका छन् । यता गाउँपालिकाका प्रमुख गोबिन्द बहादुर खड्काले कुनै पनि हालतमा अस्पताल नागीमा नै निमार्ण गर्ने र यसको लागि आफुले जस्तोसुकै मूल्य चुकाउनु परे तयार हुने बताएका छन् । उनले भने– पालिकाले निर्णय गरेकै स्थानमा अस्पताल निमार्ण हुनुपर्छ भन्ने हो । यदी कोही कसैले अस्पताल माथि खेलवाड गर्छ भने त्यो सह्य हुँदैन । अस्पतालको बिषयमा पालिका प्रमुखको तर्फवाट जस्तो सुकै कदम चाल्न आफु पछि नपर्ने अध्यक्ष खड्काले बताए ।
पालिकाको केन्द्र विन्दु मानिएको विजुलीकोटको नागीमा निमार्णाधिन अस्पतालको नाममा आउनु पर्ने वजेट वडा नं ६ खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नाममा आएपछि उक्त वजेट रोकी शिलान्यास भएको अस्पताल नागीमा रकममान्तर गर्न गाउँपालिकाको वैठक वसी निर्णय गरेर सम्वन्धीत मन्त्रालयमा पठाइसकिएको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्काले जानकारी दिए ।
उनले अहिले पालिकाको केन्द्रमा शिलान्यास भएको अस्पताल निमार्ण नहुने भन्दै केही व्यक्तिले गलत हल्ला विभिन्न संचारमाध्यम र सामाजिक सञ्जाल मार्फत फैलाएको भन्दै यसको विश्वास नगर्न पालिका प्रमुख खड्काले सबै लिखु तामाकोशी नागरिकहरुलाई आग्रह गरेका छन् । उनले चाडै वजेट संशोधन भई आउने र अस्पतालको निमार्णको कामले गति लिने बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

खाँडादेवि प्रगतिशील युवा समाजद्वारा स्वस्थ्य सामाग्री वितरण

Next Post

वातावरण बिनासले मानव सभ्यता लोप हुन सक्छ ।

Next Post
वातावरण बिनासले मानव सभ्यता लोप हुन सक्छ ।

वातावरण बिनासले मानव सभ्यता लोप हुन सक्छ ।

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.