रामेछाप । प्रगतिशिल युवा समाज दोरम्बाले सुनापती गाउँपालिका–१ गुन्सी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री शुक्रबार हस्तान्तरण गरेको छ । कोरोनाको दोश्रो भेरियन्ट आए सगैं गाउँ गाउँमा पनि महामारी फैलिएको छ र विभिन्न स्थानमा आइसुलेसनहरु निर्माण गरि नियन्त्रण र रोकथामका प्रयास भैरहेका छन् । यस्तै सुनापती वडा नं १ गुन्सी स्वास्थ चौकीमा पनि आइसुलेसन निर्माण गरिएको थियो । समाजले उक्त आइसोलेसनलाई अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर ५ थान, पीपीई सेट १० थान, अक्सिमिटर २ थान, थर्मलगन १ थान, डिजिटल थर्मोमिटर ५ थान, ब्लड प्रेसर नाप्ने डिजिटल मेसिन २ थान, सेनिटाइजर १५ लिटर, फेस सिल्ड १० थान, एक हजार थान सर्जिकल मास्क र ग्लोब्स २०० पिस लगायतका स्वास्थ्या सामाग्री सहयोग गरेको संस्थाका सदस्य सुशिल चौलागाईँले जानकारी दिएका छन् ।
हस्तान्तरण गरेको स्वस्थ्य सामाग्रीहरु मध्य केही आविष्कार केन्द्रले प्रगतिशील युवा समाजलाई सहयोग गरेको हो । उक्त स्वास्थ्य सामाग्रीमध्ये ५ थान अक्सिजन सिलिन्डर, पीपीई सेट १० थान, फेस सिल्ड १० थान भने केन्द्रले सहयोग स्वरुप प्रदान गरेको पनिबचौलागाईँले जानकारी दिएका छन ।
समाजले आफ्नो स्थापना कालदेखि नै संकटको बेला विभिन्न सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरंतरता दिने समाजले जनाएको छ । स्वस्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सुनापती गाउँपालिका अध्यक्ष धावा लामा, प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ, स्वास्थ्य प्रमुख अर्जुन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।