Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना निको भएपछि कति समय फेरि कोरोना संक्रमण हुँदैन ?

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

लन्डन । एकपल्ट कोरोना संक्रमण निको भएपछि कति समयसम्म फेरि कोरोना संक्रमण हुँदैन ? कारोना संक्रमणले विश्व नै आजित भइरहेका बेला धेरैले सोध्ने प्रश्न हो यो । हुन पनि कोरोना संक्रमणबाट पार पाएको केही समयपछि पुनः संक्रमणले छुन थालेको छ । कोरोना संक्रमणबाट अनेकौं हन्डर खाएर मृत्युको मुखबाट जोगिएकाहरू फेरि यो संक्रमणले नछोओस् भनेर कामना नै गर्छन् । संक्रमणबाट बच्न अनेकौं सावधानी पनि अपनाउँछन् । तर, त्यस्तो हुँदैन । पुनः संक्रमणले सताउँछ ।

पहिलोपटक भएको संक्रमण निको भएका कतिपय मानिस दोस्रोपटक पनि संक्रमित भएको पाइएकोबारे बेलायतका वैज्ञानिकले अनुसन्धान गरेका छन् । बेलायतस्थित युनिभर्सिटी कलेज लन्डन (यूसीएल)का अनुसन्धानकर्ताले गरेको अनुसन्धानबारे जर्नल लान्सेट हेल्दी लंगेभिटीमा प्रकाशित भएको छ । अनुसन्धानका क्रममा गत वर्षको अक्टोबर र यस वर्षको फेब्रुअरीसम्म इंग्ल्यान्डस्थित हेरचाह केन्द्र (केयर होम) मा रहेका २ हजारभन्दा बढी व्यक्तिलाई समावेश गरिएको थियो । अनुसन्धानको निष्कर्ष यो छ कि एकपल्ट कोरोना संक्रमण निको भएपछि १० महिनासम्म यो भाइरसले आक्रमण गर्न सक्दैन ।

एन्टिबडी जाँचबाट पहिले संक्रमण भएर निको भएको पुष्टि भएका व्यक्ति १० महिनासम्म कोरोनाबाट सुरक्षित रहेको अनुसन्धानमा पाइएको जनाएको छ ।

अध्ययन क्रममा पछिल्ला चार महिनायता कोरोना संक्रमण भएका व्यक्तिमध्ये पहिले कोरोना भइसकेका व्यक्ति ८५ प्रतिशत कम पाइएको पनि खुलेको छ ।

यूसीएलकी स्वास्थ्य सूचना विज्ञान संस्थान अध्ययनकी मुख्य लेखिका मारिया क्रुतिकोभ यसलाई निकै राम्रो खबरका रूपमा आफूले लिएको बताउँछिन् । उनले कोरोनाबाट एकपल्ट संक्रमित भइसकेका व्यक्तिमा देखिएको उच्चस्तरको प्रतिरक्षा क्षमता ढुक्क गराउने खालको पाइएको पनि बताएकी छन् । तर, उमेर अलि बढी भएका व्यक्तिमा यस्तो शक्ति कम हुन सक्ने अनुसन्धानको निष्कर्ष रहेको पनि उनले बताएकी छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रगतिशील युवा समाजद्वारा स्वास्थ सामाग्री सहयोग

Next Post

डोटेलको –‘‘कृष्ण अब तिमी आउ…’महामारी लक्षित गीतको म्युजिक भिडियो सार्वजनिक

Next Post
डोटेलको –‘‘कृष्ण अब तिमी आउ…’महामारी लक्षित गीतको म्युजिक भिडियो सार्वजनिक

डोटेलको –‘‘कृष्ण अब तिमी आउ…’महामारी लक्षित गीतको म्युजिक भिडियो सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.