संसारकै सर्बश्रेष्ठ प्राणी भनेको मानिस हो । जो सधै बुद्धि विवेक र चेतनाले अब्बल हुन्छ अनि उसले सबै प्राणी र तत्वलाई मिलाएर राख्न सक्छ । वातावरणिय सन्तुलन कामय गर्न पनि मानिसको अहम भुमिका हुन्छ । मानवले चाह्यो भने प्राकृतिक सौर्न्दर्यताले भरिपूर्ण वातावरण निर्माण गर्न सक्छ । किनकि मानिस पनि त प्रकृतिको एक अभिन्न अंग हो । प्रकृतिले वातावरण संरक्षणको दायित्व मानिसलाई सुम्पेको छ । जब मानिसमा गलत मनोभावना सिर्जना हुन्छ अनि उसको पनि मति भ्रष्ट हुन्छ ।

प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण भएको वातावरणलाई मानवले गर्ने एक पछि अर्को बिनाशले विश्वमा रोग भोक र शोक निम्त्याएको छ । जब मानव क्रूर भएर प्रकृतिको दोहन गर्छ अनि त्यसको परिणाम प्रकृतिले देखाउँछ । जब विश्वमा तिब्र जनसंख्या वृद्धि हुन्छ अनि त्यसले वातावरण र प्रकृतिलाई बिनाश गर्छ । त्यो बिनाश रोक्न प्रकृतिले जनसंख्या नियन्त्रण गर्छ त्यो ज्यादै कारुणिक र दर्दनाक हुने गर्द छ । अहिलेको महामारी पनि त्यसैको एउटा उदाहरण हो भन्दा दुई मत नहोला । आज मानवलाई चाहिने अक्सिजन अभाव भइरहेको छ कृत्रिम अक्सिजन लिनु पर्ने अवस्था आएको छ । कारण यहि हो मानिसले प्राकृतिलाई बिनाश ग¥यो । पछिल्लो अवस्था हेर्ने हो भने हजारौं हेक्टर वन जङ्गल आगलागीको सिकार भए । त्यसको प्रत्यक्ष असर जङ्गलमा बस्ने जंगली जनावर देखि सिङ्गो मानव समाजलाई परेको छ ।
सयौं जंगली जनावर जलेका छन भने लाखौं बोटबिरुवा पनि नष्ट भएका छन् । जब मानिसले आफ्नो धर्म बिर्सन्छ अनि उसले गर्ने कर्म अप्राकृतिक हुने गर्द छ । त्यसको परिणाम अनि त्यही मानवले भोग्नु पर्छ । प्रकृति र वातावरण एक अर्काका परिपूरक हुन् । नेपाल एउटा प्राकृतिक सौन्दर्यले सिंगारिएको सुन्दर फुलबारी हो । यहि सौर्न्दर्यताले धेरै बिदेशी पाहुनाको आकर्षणको बिन्दु बनाएको छ । साच्चै भन्ने हो भने देशको अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको छ । त्यसैले नेपाललाई पर्यटनको केन्द्र कायम राख्न वातावरण संरक्षण गर्दै हराभरा प्रकृति बनाउनु जरुरी छ । वातावरण संरक्षण गर्दै प्राकृतिक सम्पदाको रक्षा गर्नु आजको पहिलो प्राथमिकता हो ।
आज नगरे कहिले गर्ने, मैले नगरे कसले गर्छ , भन्ने सोचले वातावरण संरक्षण गरौं । रुख काट्ने मात्र हैन रुख रोप्न पनि सिकौं । मैले रोपेको रुख मेरो पुस्तौं सम्मका सन्ततिलाई हो , मैले सफा गरेको वातावरण मेरो स्वस्थ्यको लागि हो भन्ने सोचको बिकास गरौ । आफू बाचौं र अरुलाई पनि बचाउँ ।