Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाउँ गाउँमा बढ्दै कोरोना संक्रमण

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार
0
गाउँ गाउँमा बढ्दै कोरोना संक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
मनोहर ढुंगेल

रामेछाप २९ जेष्ठ
रामेछाप ( रामेछाप जिल्लाको गाउँ गाउँमा कोरोनाको संक्रमण फैलने क्रम रोकिएको छैन । जिल्लाका अधिकांश ग्रामिण भेगमा अहिले संक्रमितहरुको संख्या बढ्दै जान थालेको छ । गाउँमा सक्रमितको संख्या अस्वभाविक रुपमा बढ्दै गएको भएपनि कोरोना परिक्षण भने घटाउँदै लगिएको छ । जिल्लाका धेरै जस्तो गाउँहरुमा अहिले कोरोनाको जस्तै लक्षण मिल्ने विरामीहरु प्रत्येक घरमा रहेका छन् ।
गाउँहरुमा संक्रमितको संख्या अस्वभाविक रुपमा बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अधिकृत भुवन थापाले बताए । स्वास्थ्य मापदण्डका विषयमा गाउँमा सर्तकता नहुँदा यस्तो अबस्था श्रृजना भएको पनि थापा बताउ छन् । जिल्लामा अहिले होम आइसोलेसनमा बस्नेहरुको पनि घरमा नै मृत्यु हुन थालेको छ ।


गाउँमा परिक्षण गरिएकाहरु मध्ये कतिपय गाउँमा ८० प्रतिशत सम्ममा पोजेटिभ देखिने गरेको स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख गरिएको छ । चार दिन अगाडि जिल्लाको सुनापति गाउँ पालिकाको १ सय १५ जनामा परिक्षण गर्दा ९८ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्ण बताए । गाउँमा हुने विवाह, ब्रतवन्ध तथा अन्य सामाजिक काममा हुने जमघटहरुले संक्रमितहरुको संख्या ह्वात्तै बढेको दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानले जानकारी दिएका छन् । उहाँले अहिले गाउँका अधिकांश घरहरुमा कोरोनासंग मिल्दो जुल्दो लक्षण भएका विरामीहरु रहेको जानकारी दिएका छन् । पछिल्लो समय आफ्नो गाउँपालिका पनि कोरोनाको उच्च जोखिममा रहेको सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले बताइन् । तर खाँडादेवी गाउँपालिकामा भने कोरोना सन्क्रिमित घट्दो क्रममा रहेको छ । गाउँ गाउँमा सचेतना फैलाउदै अभियान नै चलाइएको खांडदेवी गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तमाङले जनकारी दिएका छन् । पालिका भित्रका नागरिकलाई समस्या पर्दा तत्काल निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइेको पनि अध्यक्ष तमाङले बताए । खांदादेवी गाँउपलिकामा हाल सम्म ५ जनाको मृत्यु भईसकेको छ ।


यस अगाडि शहरी क्षेत्रमा बढी फैलिएको कोरोना संक्रमण अहिले गाउँ गाउँमा पुगेको छ । समुदाय स्तरसम्म कोरोेना फैलिएपछि स्थानीय सरकारलाई समेत कोरोना संक्रमण न्यूनिकरणका लागि हम्मे हम्मे परेको छ । संक्रमण रोक्नका लागि जिल्लामा विभिन्न सचेतना मुलक कार्यक्रम देखी निषेधाज्ञा सम्मको काम गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताए ।

रामेछाप जिल्लामा बैशाख ३ गतेपछि १ हजार ७ सय ८३ जना संक्रमित भएको मध्ये १ हजार ३ सय ८८ जना निको भएर घर गइसकेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । अहिले अस्पताल र घरमा गरी ३ सय ७९ जना र ८ जना आसियुमा सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत भुवन थापाले जानकारी दिएका छन् । जिल्लामा अघिल्लो बर्ष जम्मा २ सय २४ जना मात्र संक्रमित भएका थिए । हाल सम्म रामेछापमा कोरोना संक्रमणबाट १६ जनाको ज्यान गैसकेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कांग्रेस पदाधिकारी बैठक बस्दै

Next Post

रामेछापमा पाईदैन रासायनिक मल

Next Post
रामेछापमा पाईदैन रासायनिक मल

रामेछापमा पाईदैन रासायनिक मल

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.