Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भुटानी शरणार्थि प्रकरणका दोषिलाई तार्किक निश्कर्षमा पुुर्याउन एकमत छौँ-एमाले उपमहासचिव रिमाल

Kumar Shrestha by Kumar Shrestha
May 17, 2023
in ब्यानर समाचार, राष्ट्रिय समाचार, समाचार
0
भुटानी शरणार्थि प्रकरणका दोषिलाई तार्किक निश्कर्षमा पुुर्याउन एकमत छौँ-एमाले उपमहासचिव रिमाल
1.3k
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले तीन शिर्ष नेताहरुको पछिल्लो समय बाक्लीएको भेटघाट भुटानी शरणार्थि प्रकरणका दोषिलाई तार्किक निश्कर्षमा पुुर्याउने कुरामा एकमत रहेको बताए ।
बुधबार मदन आश्रित दीवसको अवसर पारेर एमाले रामेछापले निर्माण गर्न लागेको नव निर्मित पार्टी कार्यालय भवनको शिलन्याश गर्न मन्थली आईपुगेको रिमालेले सो कुरा बताएका हुन् ।
भेटघाट प्रधानन्यायधिस प्रकरण,संसदभित्र देखिएका समस्या समाधान जस्ता राष्ट्रिय महत्वका विविध विषय र तिनको समाधानका लागि उन्मुख रहेको भन्दै विश्वासका भरमा सबैलाई अघिबढ्न पनि आग्रह गरे ।
एमाले मन्थली नगर कमिटिको कार्यालयमा प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पार्टी केन्द्रीय उपमहासचिव रिमालले ‘यो प्रकरणलाई आफनो पार्टिले गम्भिर रुपमा लिएकोले कसैलाई शंकाको भरमा नवहकिन पनि उनले आग्रह गरे । भेटघाटको क्रममा ‘संवैधानिक संसदीय समिति गठन गर्ने, समितिमा रहने सदस्यहरूको टुङ्गो लगाउन, सङ्क्रमणकालीन न्याय विवाद बारे पार्टीको फरक मत बारेमा छलफल भएको जानकारी पनि उनले गराए ।’

उक्त प्रकरणमा मुछिएकालाई निष्पक्ष छानबिन गरि दोषि प्रमाणका आधारमा सबैलाई कानुनी दायरामा ल्याउन पनि सरकार संग आग्रह गरे । उनले त्यसमा कसैको दबाब र प्रभाव हुनु नहुने भन्दै त्यसका लागि एमाले सरकार लाई सहयोग गर्न तयार रहेको पनि प्रप्टयाए । उक्त प्रकरणमा एमालेकै विष्णु रिमालहोस् वा जोकोही मुछिए पनि एमाले पार्टीलाई असर नगर्नै ठोकुवा पनि रिमालले गरे । शरणार्थी प्रकरणमा एमालकोे निर्दोषीलाई नफसाउने र दोषीलाई नछाड्ने रणनिति रहेको दोहो¥याउँदै प्रहरीलाई कसैको दबाब र प्रभावमा काम नगर्न पनि सुझाए ।

पुर्व प्रदेश मन्त्री एवं एमाले केन्द्रिय कामिटिका सदस्य कैलाश ढुँगेल,जिल्ला पार्टी अध्यक्ष एवं प्रदेश साँसद आनन्द श्रेष्ठ,पार्टि प्रदेशका सदस्य तथा जिल्ला तथा नगरका जिम्मेवार नेता कार्यकर्ताहरु समेतको रोहवरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपामहासचिव रिमालले पछिल्लो समयमा परिवर्तन विरोधि शक्तिहरु अत्याधिक मात्रामा सल्बलाएको भन्दै त्यसलाई निस्तेज पार्नका लागि परिवर्तनकारी शक्तिहरुको ब्यवहारमा परिवर्तन आउनु पर्नै धारणा पनि राखेका थिए ।
त्यसका लागि विभिन्न अनलाईन पोटलहरुले गलत र मिथ्या सूचना प्रवाह अत्याधिक मात्रमा गरिरहेको भन्दै ती खालका मिडियाबाट सचेत हुनु पर्नेमा पनि जोड् दिए । तिनले मूलधारका राजनीतिक पार्टि र तिनका नेताहरुलाई प्रहार गर्ने गरेकोले उक्त विकृति लाई निस्तेज बनाउन पनि उपमहासचिव रिमालले आग्रह गरे ।
उपमहासचिव रिमालले शरणार्थी घटना प्रकरणपछि प्रधानमन्त्री ‘प्रचण्ड’ शेरबहादुर देउवा र केपी शर्मा ओलीबिच भएको पटक–पटकको भेटघाट नजोडिएको स्पष्टीकरण दिएका छन् । शीर्ष तीन नेताबिच भएको भेट संवैधानिक संसदीय समिति पुनर्गठन गर्नको लागि भएको बताए ।
पत्रकार सम्मेलन पछि उपमहासचिब रिमालले मदन आश्रित चोकमा पुगेर उहाँहरुको सालिकमा माल्र्यार्पण गरेका थिए भने सालिकमा माल्यार्पण पछि एमाले रामेछापले आकाशेमा निर्माण गर्न लागेको अत्याधुनिक पार्टी कार्यालय भवनको पनि नेता रिमालले सिलान्यास गरेका थिए ।
करिब ३ करोडको लागतमा एमाले रामेछापले बनाउन लागेको सुविधा सम्पन्न पार्टी कार्यालय भवनको निर्माण कार्यलाई चाँडो भन्दा चाँडो काम सम्पन्न गर्ने गरी काम अघि बढाईने जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

चट्याङले रामेछाप प्रशासनको उपकरणमा क्षति, सेवा अझै अवरुद्ध

Next Post

जेठ ६ देखी १० सम्म नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने

Next Post
जेठ ६ देखी १० सम्म नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने

जेठ ६ देखी १० सम्म नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.