जेष्ठ ०१,
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले लकडाउनलाई थप कडाइ गरेको छ । भोलीदेखी जिल्ला प्रशासनले हरेक गतिविधीमा कडाइ गर्न भएको हो । आज (बिहिबार) जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको अध्यक्षतामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले बन्दाबन्दीलाई थप कडाइ गर्ने निष्कर्श निकालेको हो ।
बैठकले भोलीदेखी जिल्लामा प्रवेश गर्ने प्रत्येक नाकामा चेकजाँचमा कडाइ गर्ने, जाँचका क्रममा शंकास्पद बिरामी वा त्यस्तै ब्यक्ति देखिएमा प्रशासन लगाएत सम्बन्धीत स्थानीय तहमा जानकारी गराई ब्यवस्थापन गर्ने, जिल्ला प्रवेश गर्ने पैदल यात्रीलाई पनि उसको सम्पूर्ण विवरण राखेर आवश्यकताको आधारमा प्रवेश गराइने, पूर्व जारी गरीएको निषेधाज्ञालाई थप सुरक्षा मिलाई कडा पर्ने, ५ जना भन्दा बढी एक ठाउँमा भेलाहुन नदिने, हाल रहेका चेक पोष्टहरुलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने, बैकं तथा वित्तीय संस्थाहरु बिहान १० बजेदेखी दिउँसो १ बजे सम्ममात्रै खोल्ने, अत्यावश्यक सेवा संचालन गर्ने कार्यालयहरुले सुरक्षाका उपायहरु अप्नाउदै न्युनतम कर्मचारीहरुबाट कार्य संचालन गर्ने, कोरोना संक्रमण भएका विभिन्न जिल्लाबाट लुकिछिपी आउन पूर्ण रोक लगाउने र आएकाहरुलाइ अनिर्वाय क्वारेन्टाइनमा राख्नुको साथै औषधी बाहेकका अत्यावश्यक सेवाका पसलहरु पनि बिहान १० बजेदेखी अनिर्वाय बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
९ बुँदे crisis management center को निर्णय
