Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कक्षा ८ को तहगत परीक्षामा ‘बोर्डिङ्ग’ स्कुलकै वर्चस्व, सेविकाको पोल्टोमा ४ जिपिए

जनता भ्वाइस by जनता भ्वाइस
May 19, 2020
in शिक्षा, समाचार
0
कक्षा ८ को तहगत परीक्षामा ‘बोर्डिङ्ग’ स्कुलकै वर्चस्व, सेविकाको पोल्टोमा ४ जिपिए
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जेठ ५,
रामेछाप। मन्थली नगरपालिकाद्वारा लिइएको कक्षा ८ को पालिका स्तरीय परीक्षामा सेविका घिमिरे प्रथम भएकी छिन् । लिट्टिल स्टार इङ्ग्लिस स्कुलमा अध्ययनरत घिमिरेले शैक्षिक सत्र २०७६ को परीक्षामा ४ जिपिए ल्याउन सफल भई प्रथम भएको विद्यालय स्रोतले जानकारी दिएको छ ।
गत फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म संचालित उक्त परीक्षामा घिमिरेले कक्षा ८ मा लागु गरिएका सम्पूर्ण विषयमा ए प्लस ल्याउन सफल भई पूर्णाङ्कमा ४ जिपिए ल्याउन सफल भएकी हुन् ।

सुचना


सेविकाको यो सफलताले उनको परिवारलाई बेहद खुशी दिएको घिमिरेको पारिवारिक स्रोतले बताएको छ । जनता भ्वाइससँग कुराकानी गर्दै सेविकाका बाबु कृष्ण घिमिरेले भने, ‘मेरी छोरीको यो सफलताले म निकै खुशी छु । उनले दैनिक गरेको मेहनत र परिश्रमको उपज हो । पाठ्यपुस्तकका अलावा विभिन्न सन्दर्भ पुस्तकहरु पढ्ने बानीले गर्दा आज यो स्थानमा ल्याउन सेविका सफल भएकी हुन् ।’
कक्षा ८ को तहगत परीक्षामा आफू मन्थली नगरपालिका स्तरमा प्रथम हुनुमा आफू सँगसँगै आफूलाई सँधै मार्गनिर्देश गर्ने आफ्ना शिक्षकहरुको बढी हात भएको सेविकाले बताइन् । कुराकानीका क्रममा उनले भनिन्, ‘यो सफलताले मलाई त खुशी दिएको छ नै तर पनि यो खुशीसँगै मेरो मेहनतलाई मेरो परिवारले साथ दिएको विषय पनि ओझेलमा पार्न मिल्दैन ।’ घिमिरेले राम्रो नतिजा ल्याउन कडा मेहनत गर्नुपर्ने विषयलाई पनि चोटिलो रुपमा हेर्नुपर्ने बताइन् ।


घिमिरेको यो सफलताले आफू र आफ्नो विद्यालय परिवारलाई धेरै खुशी लागेको विद्यालयका प्रिन्सिपल धन योञ्जनले प्रतिक्रिया दिए । उनले भने, ‘निजी विद्यालयहरुमा यही त छ काइदा । यहाँ जति शिक्षकले मेहनत गरेर विद्यार्थीका लागि पाठ्य सामग्री उपलब्ध गराउँछन्, त्यस्तै जोशले विद्यार्थीले त्यसलाई तयारी गर्ने गर्दछन् । पछि शिक्षकले त्यसको सुक्ष्म मूल्याङ्कन गर्दा दिने पृष्ठपोषण नै आजको यो सफलता हो ।’
यो सफलताका लागि सेविकालाई बधाई दिँदै विद्यालयमा अहोरात्र खटेर विद्यार्थीलाई सिकाउन तत्पर रहने शिक्षकहरु प्रति पनि बधाई ज्ञापन गरेका छन् ।


मन्थली नगरपालिकाले कक्षा ८ को परीक्षालाई नगरस्तरीय बनाउन थालेको प्रथम वर्षमा नै लिट्टिल स्टार इङ्ग्लिस स्कुललाई यो सफलता मिलेको हो । कक्षा ८ को यो नतिजाबारे कुराकानी गर्दै मन्थली नगरपालिका शिक्षा शाखा प्रमुख सौभाग्य न्यौपाने शिक्षकहरुले नै विद्यार्थीहरुको सिकाईमा विशेष जोड दिनुपर्ने धारणा राख्छन् ।
उनी भन्छन्, ‘विद्यार्थीको सफलतमा पहिलो हात शिक्षकहरुको नै हुन्छ । एउटा शिक्षकले इमान्दारीपूर्वक कम्तिमा आफूले सिकेका कुराहरु मात्रै विद्यार्थीहरुमा हस्तान्तरण गराउन सक्यो भने पनि त्यो ठूलो कुरा हो । पाठ्यक्रमले निर्धारण गरेका लक्षित उद्देश्यलाई राम्रोसँग फलो गर्न सक्यो भने त्यसले ठूलो परिवर्तन ल्याउन सक्छ ।’
लिट्टिल स्टार इङ्ग्लि स्कुलबाट यो वर्ष २२ जना विद्यार्थीहरुले कक्षा ८ को परीक्षामा भाग लिएका थिए । सहभागी धेरै विद्यार्थीहरुको नतिजा ए प्लस रहेको विद्यालय स्रोतले जानकारी दिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

३ सय ४ पुग्यो नेपालमा कोरोना संक्रमितको संख्या

Next Post

जन्मेको ९ दिनमा आमा गुमाएका शिशुलाई पूर्वमन्त्री बस्नेतले पालन पोषणको खर्च ब्यहोर्ने प्रतिबद्धता

Next Post
जन्मेको ९ दिनमा आमा गुमाएका शिशुलाई पूर्वमन्त्री बस्नेतले पालन पोषणको खर्च ब्यहोर्ने प्रतिबद्धता

जन्मेको ९ दिनमा आमा गुमाएका शिशुलाई पूर्वमन्त्री बस्नेतले पालन पोषणको खर्च ब्यहोर्ने प्रतिबद्धता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...