जेठ ०६
रामेछाप । रामेछापका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आजको मिडिया ब्रिफिङमा एक जना रामेछापका स्थानियलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको छ ।
यसै विषयमा रामेछाप जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कार्णले जिल्लाबाट पठाएको स्वाबको रिपोर्ट सबै नेगेटिभ भएकोले सो व्यक्तीको स्वाब परिक्षण रामेछापबाट नपठाईएको स्वास्थ्य प्रमुख कार्णले जनता भ्वाइसंग भने ।
उनको खोजी कार्य भैरहेको बताएका कार्णले जानकारी दिए । आजै रामेछापका १ सहित थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।