जेठ ७,
रामेछाप । राष्टिय सूचना आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ संक्रमित मृत्कको पूर्ण विवरण राखेर मात्रै विवरण सार्वजनीक गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले हाल सार्वजनिक गरेको सूचनाले मानिसहरूमा अलमल, दुविधा र त्रास सिर्जना गरेको भन्दै पूर्ण विवरण राखेर सूचना जारी गर्न आयोगले मंगलबार निर्देशन दिएको हो ।
हाले सार्वजनिक गरेको सूचनाका कारण कतिपय अवस्था भ्रमसमेत सिर्जना गरेको आयोगले विज्ञप्तिमा जारी उल्लेख छ । आयोगका प्रवक्ता कमला ओली थापाले जारी गरेको विज्ञप्तिमा संक्रमित र मृत्यु भएको व्यक्तिको ठेगाना फरक फरक हुनसक्ने भएकाले एउटा मात्र जारी गर्दा सर्वसाधरणमा भ्रम तथा अन्यौल भएको उल्लेख छ ।
मन्त्रालयले हाल जिल्लामात्रै सार्वजनिक गर्दै आएको छ । फोटो google