Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रशासनको फितलो सिलबन्दीले पम्प सञ्चालकलाई मौका

जनता भ्वाइस by जनता भ्वाइस
May 23, 2020
in राष्ट्रिय समाचार, समाचार
0
प्रशासनको फितलो सिलबन्दीले पम्प सञ्चालकलाई मौका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ १०,

रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थलीस्थित लक्ष्मी आयल स्टोर्समा लगाएको ताला एकरात पनि टिक्न सकेन । जिल्ला प्रशासन कार्यालय रामेछापको प्रशासकीय अधिकृत भाष्कर दाहाल नेतृत्वको टोलीले बिहीबार साँझ लक्ष्मी आयल स्टोर्समा सिल गरेको थियो ।
लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका १ सय वटा भन्दा बढी मोटरसाइकलको कार्पेटर तथा इन्जीनमा समस्या आएपछि सो पम्पमा सिल गरिएको हो । पेट्रोलमा मिसावट गरेर बिक्री गर्दा मोटरसाइकलको कार्पेटर तथा इन्जीनमा समस्या आएको पत्ता लागेपछि प्रशासनले सो आयल स्टोर्सलाई सिल गरेको थियो ।


बिहीबार साँझ जिल्ला प्रशासन कार्यालयले पम्पमा सिल गरेपनि ब्यवसायिले सोही राति सिल गरेको पम्पमा १२ हजार लिटर डिजेल खनाएको छ । जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिले पम्पको नोजल मात्रै सिल गरेको र पेट्रोल तथा डिजेलस्टोर गर्ने टयांकीमा सिल नगरेको कारण ब्यवसायिलाई आफ्नो कर्तुतको प्रमाण नष्ट गर्न सजिलो भएको छ ।
प्रशासनले सिल गरेपछि प्रशासनको अनुमतिविना ब्यवसायिले पेट्रोलियम पदार्थ बिक्री गर्न र थप स्टोर गर्न पाइदैन । प्रशासनले सिल गरेपछि लक्ष्मी आयल स्टोर्सले रातारात पम्पको ट्यांकीमा नयाँ डिजेल ल्याएर थपेको छ ।
प्रशासनको अनुगमन टोलीले नोजलमा ताला लगाइदिए पनि डेजेल नझार्नु भन्ने निर्देशन नदिएको ब्यवसायि गोमा कार्कीले दावि गरिन् । प्रशासनले डिजेल र पेट्रोल एकै पटक आएमात्रै ट्यांकीमा नर्भन भनिएकाले १२ हजार डिजेल मात्रै स्टोर टयांकीमा हालिएको उनले बताइन ।
यता जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत भाष्कर दाहालले भने प्रशासनको अनुमतिविना डिजेल र पेट्रोल दुवै नझार्न भनिएको बताएका छन् । सिल गरिएको पम्पमा प्रशासनको अनुमतिविना ब्यवसायिले रातारात डिजेल भर्नुले सो आयल स्टोर्सप्रति थप शंका उब्जिएको दाहालले बताए ।
बिहीबार अनुगमनमा जाँदा पम्पको नोजन बिग्रिएको ब्यवसायिले बताएको र शुक्रबार बिहान जाँदा सही रुपमा चलिरहेको पाइएको भन्दै पम्प सञ्चालकले प्रशासनलाई समेत छलछाम गरेको दाहालले बताए ।
बेलुका सिल गरेर हिडेको पम्पमा बिहान आएर हेर्दे पेट्रोल तान्ने नोजलको मोटर घुमाउने फित्ता खुस्काएर अन्यत्रै राखिएको अवस्थामा पाइएको र डिजेल पेट्रोल स्टोर गर्ने टयांकी समेत सफा गरेको अवस्थामा पाइएको प्रशासकीय अधिकृत दाहालको भनाई छ ।
रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले पनि सिल गरिएको पम्पमा प्रशासनको अनुमतिविना पेट्रोल डिजेल झार्न अनुमति नदिएको बताएकी छन् ।
यसबाट पम्प सञ्चालकले जानाजान अपधरा गरेको कुरा पुष्टि हुन्छ । सिल गरेको पम्पको नोजलको मोटर घुम्ने फित्ता निकालेर लुकाइनु, रातारात ट्यांकीमा डिजेल भरिनु र ट्यांकी सफा गरिएको अवस्थामा पाइनुले पम्प सञ्चालकले जानीजानी अपराध गरेको कुरालाई पुष्टि गर्दछ । प्रशासनको फितलो सिलबन्दीले पम्प सञ्चालकलाई आफ्नो अपराध लुकाउने मौका मिलेको हो । प्रशासनको फिलतो सिलबन्दीको कारण पम्प सञ्चालले गरेको कर्तुतको प्रमाण नष्ट भइसकेको आशंका गरिएको छ ।
प्रशासनले सिल गरेको पम्पमा विना अनुमति डिजेल झारिएको सूचना बाहिर आएपछि जिल्ला प्रशासनकै सेटिङमा पम्प सञ्चालकले डिजेल झारेको हुनसक्ने टिप्पनीहरु भइरहेका छन् । प्रशासनको सेटिङविना पम्प सञ्चालकको एक्लो आँटले मात्र त्यस्तो काम हुन नसक्ने नागरिक समाजका अगुवाहरु बताउछन् । लक्ष्मी आयल स्टोर्सले गरेको हर्कतमा प्रशासनले साथ दिएको हुनसक्ने चौतर्फी आशंकाहरु गरिएका छन् । प्रशासनको इशाराविना हुनसक्ने काम पनि होइन त्यो ।

लक्ष्मी आयल स्टोर्सले एक हवाई इन्धन पेट्रोलमा मिसाएर बिक्री गरेको आशंका गरिएको छ । सो पेट्रोल हालेपछि मोटरसाइक स्टार्ट नै नहुने, स्टार्ट भइहाले पनि पिकअप नदिने र इन्जीनमा बढी भार परेकोजस्तो हुने समस्या आएको मोटरसाइकल धनीहरुको भनाई छ ।
पेट्रोलमा मिसावट नभएको भनि रिपोर्ट निकाल्नको लाग माथिल्लो तहमा समेत सेटिङ मिलाउने कोसिस भइरहेको सूचना प्राप्त भएको छ । रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका लक्ष्मी आयल स्टोर्सका सञ्चालक केशवप्रसाद घिमिरेले सार्वजनिक रुपमै दुई गाडी तेलको पैसा खर्च हुने भयो भनेको कुरा समेत विश्वासिलो सुत्रबाट प्राप्त भएको छ ।


यदि पेट्रोलमा मिसावट भएको प्रमाणित भएमा पम्प सञ्चालकले लक्ष्मी आयल स्टोर्समा हालेको तेलकै कारण बिग्रिएका १ सय वटा भन्दा बढी मोटरसाइकलहरु बनाइदिनु पर्नेछ । त्यसकारण पनि पम्प सञ्चालक आफ्नो अपराध लुकाउन हरतरहले लागिपरेको जानकारी प्राप्त भएको छ । उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका केशव घिमिरेले आफ्नो पदीय शक्तिको दुरुपयोग गरि आफ्नो अपराधलाई लुकान सक्नेछन् र उनी अपराध लुकाउन लागिपरेका समेत छन् ।
पदीय शक्तिको दुरुपयोग गरि आपूmले गरेको अपराध प्राविधिक रुपमा लुकाउन सफल भएछन् भने पनि आम नागरिकको नजरमा उनी बैइमानी नै ठहरिने छन् । जिल्ला प्रशासन कार्यालयले शुक्रबार पेट्रोलको स्यापल निकालेर पुनः सिल गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

होटल व्यवसायीको चिन्ता- ऋणको व्याज तिरि रहनु पर्छ व्यवसाय संचालन हुन सकेको छैन

Next Post

गाउँपालिका अध्यक्ष नै कुट्छन् ज्येष्ठ नागरिक

Next Post
गाउँपालिका अध्यक्ष नै कुट्छन् ज्येष्ठ नागरिक

गाउँपालिका अध्यक्ष नै कुट्छन् ज्येष्ठ नागरिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.