Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सहकारी बजारको उद्घाटन

Milan Ghimire by Milan Ghimire
August 1, 2019
in समाचार
0
सहकारी बजारको उद्घाटन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भगवती न्यौपाने कपिलवस्तु साउन १५

सहकारी मार्फत बजार कारोवार गरेमा बजार सन्तुलित र व्यवसायिक हुने प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भएको छ । उत्पादनमा क्रमिक रूपमा वृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन कृषि, पशुपालन, तरकारी, फलफूल लगायतका क्षेत्रमा यस वर्ष देखि किसानलाई प्रोत्सान गर्ने गरी काम गरेको उहाँले बताउनु भएको छ । कपिलवस्तुको बाणगंगा ८ बोडगाउमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ र कृषि बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको संयुतm लगानीमा सञ्चालनमा आएको सहकारी बजारको उद्घाटन गदै उहाँले यस्तो बताउनु भएको हो । नेपाली अर्थतन्त्रको तीन खम्मा मध्ये एक खम्बा सहकारी भएको हुदा प्रदेश सरकारले निजि क्षेत्रमा सहयोग गर्ने बताउनु भएको छ ।

विषादी परिक्षणमा संघिय सरकार पछि हटेको बेलामा नेपालगञ्ज नाका र भौरहवा नाकामा प्रदेश सरकारले तरकारी परिक्षण गरेको उहाँले बताउनु भयो । युवा किसानलाई आकर्षित गर्ने गरि अब सरकारले काम थालेको स्पष्ट पार्नुृ भयो । सो अवसरमा प्रदेशसभा सदस्य विष्णु पन्थीले भारतीय वस्तुलाई अन्त्य गरी किसानले उत्पादन गरेको उत्पादनलाई महत्व दिनु पर्ने बताउनु भयो । साथै उहाँले अब किसानले कृषिमा आधुनिकीकरण गर्नु पर्ने औल्याउनु भयो ।

यस्तै नेकपा कम्युनिष्ट पाटी कपिलवस्तु सहईन्चार्ज बिमला घिमिरेले सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपाल कृषि र सहकारी बाट पुरा हुने बताउनु भयो । सहकारी स्थापना हुनु भन्दा पनि यसको व्यवस्थापनमा जोड दिनु मुख्य कुरा रहेको उहाँले तर्क गर्नु भयो । घिमिरेले किसानले उत्पादन गरेको उत्पादन सस्तो मुल्यमा किनेर विचौलियाले फाईदा लिएको भन्दै अब सरकारीले बजार व्यवस्थापन गर्नु पर्नेमा जोड दिनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला अध्यक्ष झविलाल पोख्रेलले नेपाल सरकारबाट सहकारीमा आएको अनुदान सहकारीमा नै लगाउनु पर्ने बताउनु भएको छ । अध्यक्ष पोख्रेलले सहकारीले बैङकको काम गरेको हुदा अब किसानलाई अर्गानिक खेति तर्फ प्रोत्सान गर्नु पर्ने बताउनु भएको छ । वाणगंगा नगरका नगर उपप्रमुख चक्र अर्याल ,भुमि व्यवस्था कृषि मन्त्रालय प्रदेश नम्वर ५ का अधिकृत ज्ञानहरि पन्थी, योजना महासाखाका प्रमुख विनोद घिमिरे, लगायतले कार्यक्रममा बोल्दै किसानले उत्पादन गरेको वस्तुको उचित मुल्य दिई उपभोक्ताहरुलाई गुणस्तरिय वस्तु सहकारीले अब दिनु पर्ने बताउनु भएको छ ।
संस्थाका अध्यक्ष सुर्य प्रसाद पौडेलको अध्यक्षता , उपाध्यक्ष तथा बजार संयोजक कृष्ण न्यौपानेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन बावुराम अर्थालले गर्नु भएको थियो । सहकारी वजारको कुल लागत ९२ लाख ९६ हजार ३ सय ६४ मध्ये भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोग ४६ लाख ३५ हजार ६ ८२ र सहकारीको योगदान ४६ लाख ६० हजार ६२२ रहेको छ । यहि जेठ २६ गते सुरु भएको कृषि बजार सहकारीको परियोजना अन्तर्गत हाल सम्म पिक अप भ्यान खरिद, जेनेरेटर, डि फ्रिज खरिद, सी सी टिभि क्यामेरा जडान र ¥याक खरिद सहित विक्रिका लागि राखिने सम्पूर्ण उपभोग्य सामग्रीहरु गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

साँघुटाको आगोलागिमा कान्छाराम कन्ट्रक्स्नको १ करोड ६० लाख बराबरको क्षति

Next Post

मृतकको घरमा पुगेर नेपाली कांग्रेसका नेताको सक्रियतामा किरिया खर्चको लागि राहत

Next Post
मृतकको घरमा पुगेर नेपाली कांग्रेसका नेताको सक्रियतामा किरिया खर्चको लागि  राहत

मृतकको घरमा पुगेर नेपाली कांग्रेसका नेताको सक्रियतामा किरिया खर्चको लागि राहत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.