Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भारतले हाम्रो निर्णय मान्दैन भने विश्व समुदायले त्यसको फैसला गर्छ : मन्त्री ढुङ्गेल

जनता भ्वाइस by जनता भ्वाइस
May 24, 2020
in समाचार
0
भारतले हाम्रो निर्णय मान्दैन भने विश्व समुदायले त्यसको फैसला गर्छ : मन्त्री ढुङ्गेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


जेठ १०, जनता भ्वाइस संवाददाता, रामेछाप ।
सरकारले केहीदिन अघि नेपालको नयाँ आकारको नक्सा सार्वजनिक गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा यस साहसपूर्ण कार्यको विभिन्न टिका टिप्पणी भइरहेका छन् ।
विशेषगरी भारतीय समाचार माध्यमहरुले यसलाई चीनसँग मिलेर भारतसँग गरेको बेइमानी भनेका छन् भने स्वयं भारतको विदेश मामला हेर्ने विभागले त्यसलाई मान्न नसकिन प्रतिक्रिया दिइसकेको छ । यसै क्रममा जनता भ्वाइसले नेपाल सरकारको यस साहसपूर्ण कदमलाई कसरी लिइरहेको छ ? भन्ने सवालमा प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलसँग प्रतिक्रिया लिएको थियो । उनले नेपाल सरकार, विशेषगरी ओली नेतृत्वको सरकारले वास्तवमै साहसपूर्ण र राम्रो काम गरेको प्रतिक्रिया दिएका छन् ।


जनता भ्वाइससँग भएको कुराकानीका क्रममा मन्त्री ढुङ्गेलले भने, ‘हामीले हाम्रो भूमि फिर्त लिएका छौं । केही समयका लागि कसैलाई आफ्नो भूमिमा बास दिँदैमा भोलि त्यो घर नै उसले हडप्न खोजेर हुँदैन । भारतले मिचाहा सोचलाई त्यागेर नेपाल सरकारको निर्णयलाई मान्नु पर्छ ।’
कुराकानीकै क्रममा मन्त्री ढुङ्गेलले भने, ‘हामीले सिमानामा कुनै अर्गेलो गरेका छैनौ । आज यस कुरालाई भारत सरकारले मान्दैन भने हामी संयुक्त राष्टसँघ तथा अन्य विश्व समुदायका माझमा पुग्छौं ।’


जनता भ्वाइसले कुराकानीको आरम्भमा मन्त्री ढुङ्गेललाई सोधेको थियो, ‘नक्सामा मात्रै नेपालको भूमि बढेको छ । अब व्यवहारतः भारत सरकारको नियन्त्रणबाट अतिक्रमित भूमि फिर्ता ल्याउन नेपाल सरकारले कस्तो पहल गर्नु पर्ला ?’
थप प्रतिक्रिया तलको कुराकानीमा …

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

वडाबासीलाई म अनावश्यक आश्वासन दिन चाहन्न

Next Post

थप ३६ जनामा कोरोना संक्रमिण : ५ सय ८४

Next Post
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२

थप ३६ जनामा कोरोना संक्रमिण : ५ सय ८४

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.