Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कुखुराको दाना छैन, २० लाख लगानी बालुवामा पानी हुँदैछ (भिडियोसहित)

जनता भ्वाइस by जनता भ्वाइस
May 26, 2020
in राष्ट्रिय समाचार, समाचार
0
कुखुराको दाना छैन, २० लाख लगानी बालुवामा पानी हुँदैछ (भिडियोसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १२, जनता भ्वाइस संवाददाता,

रामेछाप । लकडाउनको कारण कुखुरा व्यवसायीहरु समेत मारमा पर्ने गरेका छन् ।
कोरोना भाइरस कोभिड १९ को कारण देशमा लकडाउन भएका कारण खोरका खोर कुखुराहरु दाना खान नपाएर मर्ने अवस्थामा पुगेका हुन् । पि.आर पोल्ट्रिफर्म नामक फर्ममा लेयर्स प्रजातिका कुखुराहरु पालन गरिएको छ । रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. ८ बिटारमा पालन गरिएको कुखुरा फर्ममा दानाको अभावका कारण कुखुराहरु मर्ने स्थिति सिर्जना भएको संचालक प्रदीप कार्कीले बताएका छन् ।

जनता भ्वाइससँग कुराकानी गर्दै कार्कीले भने, ‘२० लाखको लगानी गरेर कुखुरा पालन गरें । अहिले आफूसँग भएका १ हजार भन्दा बढी कुखुराहरु दाना खान नपाएर मर्ने अवस्थामा पुगेका हुन् ।
ब्रोइलर कुखुरा सामान्यतया ४५ देखि ५० दिनको हाराहारीमा बेच्न सुरु हुन्छ । तर लेयर्स प्रजातिका कुखुराहरु भने कम्तिीमा पनि पालन सुरु गरेको २ वर्ष सम्म उत्पादन दिइ नै रहेको हुन्छ ।
अण्डाका लागि पालन गरिएका कुखुराहरु यतिबेला कार्कीले मासुको मूल्यमा बेच्नका लागि सार्वजनिक गरेका छन् । प्रतिगोटा कुखुरा ३ सय ५० हाराहारीमा बेच्नका लागि उनले आफ्ना कुखुराहरु सार्वजनिक गरेका हुन् ।

बजारमा लेयर्स प्रजातिका कुखुराहरु मासुजन्य पदार्थ खानका लागि स्वस्थकर नहुने भन्ने सनसनी रहेको भन्ने कुरालाई प्रतिवाद गर्दै कार्की भन्छन्, ‘हुनसक्छ अरुका लागि । तर हामीले कहिल्यै पनि हाम्रा कुखुराहरुलाई अनावश्यक भिटामिन र केमिकलहरु खुवाएका छैनौं । त्यसैले यी कुखुराहरु मासुका लागि पनि योग्य छन् ।’

कोरोना भाइरसको प्रभावको कारण गिर्दो अवस्थामा गएको कुखुरापालन व्यवसाय त झन धरापमै परेको छ । सम्भवित घाटा दुर्घटनामा पर्न बाट बच्नका लागि गर्नुपर्ने कुखुरा बिमा समेत कार्कीले गरेका छैनन् । ‘यत्रो व्यवसाय गरेपछि कुखुराको बिमा गर्नु पर्दैन त ?’ भन्ने जनता भ्वाईसको जिज्ञासामा कार्की भन्छन्, ‘त्यो त हो । बिमा गरेको भए हुन्थ्यो तर त्यो प्रक्रिया निकै झण्झटिलो छ । १० प्रतिशत भन्दा बढी कुखुरा मरेको अवस्थामा मात्रै आफ्नो कुखुराको बिमा दावी गर्न पाइन्छ । यहाँ त कुखुरा मरेका छैनन् मर्नेवाला मात्रै छन् ।’

कार्कीको पिडा जस्तै जिल्लाभित्र कुखुरा व्यवसाय गर्ने अन्य धेरै कृषकहरुको अवस्था यस्तै छ । यस्तो अवस्थामा कृषकका पीडालाई केही हदसम्म भएपनि मल्हम लगाउन सरकारले राहतको प्याकेज ल्याउनु पर्ने कार्की बताउँछन् ।

बाँकी कुराकानी भिडियोमा…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामुबिरहीको फेरी आयो बिबादित गीत भ्रष्टचारीलाइ भाइरस बनाउ चाइना (भिडियोसहित)

Next Post

५ दिन सम्म आएन, आरडिटी रिपोर्ट, स्थानीय र पीडित मारमा

Next Post
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

५ दिन सम्म आएन, आरडिटी रिपोर्ट, स्थानीय र पीडित मारमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.