जेठ १२, जनता भ्वाइस संवाददाता,
रामेछाप । रामेछाप जिल्लाबाट थप परीक्षणको लागि काठमाडौं पठाएको ६ जनाको आरडिटी रिपोर्ट ५ दिन बित्दा पनि आएको छैन । गत बिहिबार मन्थली नगरपालिकाको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट गरिएको परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको थप परीक्षणका लागि पठाएको थियो ।
त्यसको भोलिपल्ट शुक्रबार पनि सोही ठाउँमा २ जना र सुनापति गाउँपालिकामा एक जनामा आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । उनीहरु सबैको स्वाब संकलन गरेर पठाएको भएपनि आज सम्म रिपोर्ट नआएको हो । रिपोेर्ट नआउँदा स्थानीय र रिपोर्ट पोजेटिभ आउनेहरु समस्यामा परेका छन् ।
५ दिन सम्म आइसोलेसन बस्दा पीडितहरु मारमा परेका छन् भने स्थानीयहरुमा माथीबाट रिपोर्ट पोजेटिभ आएर यहाँका सम्बन्धित निकायले रिपोर्ट सार्वजनिक नगरेको भन्ने आशङ्का पैदा गरेको छ । रिपोर्ट यो समाचार तयार पार्दा सम्म आएको छैन । फाइल फोटो





