जेठ १२,
रामेछाप । पत्रकार ऋषि धमलाले बाल गायिका कमला घिमिरेलाइ उच्च शिक्षा सम्म निःशुल्क अध्यन्न गराउने प्रतिबद्द जनाएका छन् । पत्रकार धमलाले सोमबार रिपोर्टर्स कल्बमा आयोजित एक कार्याक्रममा बाल गायिका घिमिरेको प्रतिभा विश्वमा नै उत्कृष्ट भएको बताउदै उनको प्रतिभालाई सबै नेपालीले सम्मान गर्नु पर्ने बताए ।
धमलाले कमला घिमिरे नेपालको लोक दोहोरी क्षेत्रमा आज सम्माकै सम्मानित प्रतिभा भएको जिकिर गरे । गृह जिल्ला एकै ठाउँ धादिङ भएको भन्दै उनी प्रति आफ्नो छोरीसम्मा मायाँ र सद्भाव भएको बताए । उनले कक्षा १२ सम्म घिमिरेलाइ निःशुल्क अध्यन्नको लागि सबै खर्च ब्यहोर्ने बताउदै त्यसपछिको रोजगारी र उनको भविष्यको सुखदबाटोको लागि आफुहरुले पहल गर्ने धमलाले बताए ।
गायिका घिमिरेलाइ धमलाले पठनपाठनलाइ अघि बढाउन पनि उनले भने । धमलाले भने- कमला घिमिरे नेपाली लोक देहोरी क्षेत्रमा आज सम्माकै उत्कृष्ट हुन, मान्छे सानो भएर हुदैन उसको क्षेमताको सम्मान गर्नु पर्छ । मैले यस अघिनै पनि भनिसकेको छु मेरी श्रीमती यलिजा गौतमले र मैले यिनको उच्च शिक्षा सम्मा सबै खर्च हामी ब्याहोर्छौं, यस अघिनै पनि हामीले १ लाख रुपैयाँ सहयोग गरिसकेका छौं, आफ्नै छोरी जत्तै लाग्छ ।
भिडियो हेर्न याहाँ किलिक गर्नुहोस् janatavoice.com/