Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अब पुर्व राजाहरूको फोटो भएको पैसा नचल्ने

जनता भ्वाइस by जनता भ्वाइस
May 26, 2020
in जनता स्पेसल, समाचार
0
अब पुर्व राजाहरूको फोटो भएको पैसा नचल्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ १३,  

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुन: सर्वसाधारणमा प्रवाह नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको छ । तत्कालै यी नोटहरू प्रतिबन्धित नभएपनि सर्वसाधारणले बैंकमा बुझाएपछि बैंकमार्फत राष्ट्र बैंकमा खिचेर त्यसलाई पुन: बजारमा नपठाउने राष्ट्र बैंकको तयारी छ ।

सफा नोट नीति कार्यान्वयन गराउन भन्दै राष्ट्र बैंकले यो निर्देशन जारी गरेको हो । निर्देशनअनुसार अब बैंकले नोटहरूलाई तीन भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था समेत गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले अब एटीएमलगायतका मेसिनमार्फत् चलन चल्तीमा पठाउने, काउन्टरबाट भुक्तानी गरी चलन चल्तीमा पठाउने र चलन चल्तीमा पठाउन अयोग्य गरी तीन किसिमले वर्गीकरण गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।

एटीएम मेसिनलगायतमा पठाउन सकिनेलाई हरियो रङको स्लिप, काउन्टरबाट भुक्तानी गर्न सकिने नोटको प्याकेटमा सेतो र चलन चल्तीका लागि अयोग्य हुने नोटको प्याकेटमा रातो रंगको स्लिप लगाउनुपर्नेछ । त्यस्तै नोटको प्याकेटमा बैंकको नाम, बैंक‍का कर्मचारीको नाम र परिचय पत्र, हस्ताक्षर र मितिसम्बन्धी विवरण अनिवार्य रूपमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको,पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरू नबुझिने वा बिग्रिने गरी रंग लागेको च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित भएको नोटलाई निष्काशनलाई अयोग्य नोटको रूपमा वर्गीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपाका नेता ढुंगेल राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त

Next Post

एक बर्षकाे भत्ता नलिने नारायणकाजीको घाेषणाः सांसद विकास कोष खारेज गर्न माग

Next Post
संसद विकास कोष खारेज गरिहालौं– नारायणकाजी श्रेष्ठ

एक बर्षकाे भत्ता नलिने नारायणकाजीको घाेषणाः सांसद विकास कोष खारेज गर्न माग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.