Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर कोरोना : ५४ लाख ९० हजार संक्रमित, ३ लाख ४५ हजारको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
May 26, 2020
in समाचार
0
कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १३,

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख ९० हजार ९ सय ५४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख ६२ हजार २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, ब्राजिलमा ३ लाख ७४ हजार ८ सय ९८, रुसमा ३ लाख ५३ हजार ४ सय २७, बेलायतमा २ लाख ६२ हजार ५ सय ४७, स्पेनमा २ लाख ३५ हजार ४ सय जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ४५ हजार ९ सय ६२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९८ हजार २ सय १८ को मृत्यु भएको छ।

त्यस्तै, बेलायतमा ३६ हजार ९ सय ९६, इटालीमा ३२ हजार ८ सय ७७, फ्रान्समा २८ हजार ४ सय ६० तथा स्पेनमा २६ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २२ लाख २८ हजार ९ सय १५ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा अमेरिकामा सर्वाधिक ३ लाख ७९ हजार १ सय ५७ संक्रमणमुक्त भएका छन्।

त्यस्तै, जर्मनीमा १ लाख ६१ हजार १ सय ९९, ब्राजिलमा १ लाख ५३ हजार ८ सय ३३, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ४१ हजार ९ सय ८१ संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ । भने ४ जनाको मृत्यु भएको छ । सोमबार एकैदिन ७८ जनामा संक्रमण पुष्टि भएको थियो । अर्घाखाँचीमा पनि संक्रमण देखिएपछि नेपालमा संक्रमण देखिएको जिल्लाको संख्या ४३ पुगेको छ। संक्रमितमध्ये १ सय ५५ जना अहिले संक्रमणमुक्त भएका  छन्। फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एक बर्षकाे भत्ता नलिने नारायणकाजीको घाेषणाः सांसद विकास कोष खारेज गर्न माग

Next Post

रामेछापमा ७ सय ३७ जनाको रिपोर्ट नेगेटिभ

Next Post
सातवटै प्रदेशबाट आजदेखि कोरोना परीक्षण हुने

रामेछापमा ७ सय ३७ जनाको रिपोर्ट नेगेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.