जेष्ठ १३,
काठमाडौं । कोरोनाँको लक्षणसगँ मिल्दो लक्षण देखिएकी एक महिलाको मंगलबार मृत्य भएको छ । कञ्चनरुप– ११ ठेलिया गोरपारकी २४ वर्षीया साढे तीन महिनाकी गर्भवती महिलाको मृत्यु भएको मिरमिरे खबरले जनाएको छ । उनी होम क्वारेन्टाईनमा बस्दै आएकी स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
उनलाइ एक साता भन्दा लामो समयदेखि अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएको र उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनको अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले बताए ।
कोरोना संक्रमणसित मिल्ने लक्षणहरु देखिएको र होम क्वारेन्टाइनमा रहेकीले मृतकको स्वाब लिने तयारी भइरहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत डम्बर महतोले बताए । महतोले मृतकको स्वाब संकलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्नु उपयुक्त हुने बताए । फोटो सामाजिक संजालबाट