जेठ १३,
रामेछाप । माइतीघर आइ क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । प्युठान ऐरावती गाउँपालिका ६ स्थित जनता मावी बिजुलीमा रहेको क्वारेन्टाइनमा बसेकी उनको मंगलबार निधन मिरमिरे खवरले जानएको छ ।
उनी माइती बिजुलीमा आइ क्वारेन्टाइनमा राखिएको ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले जानकारी दिए । उनी एक साताअघि भारतबाट घर आएकी थिइन् ।
भारतमै रहँदा उनको दोस्रो पटक ब्रेन ट्यूमरको शल्यक्रिया गरिएको खुल्न आएको शाहले जानकारी दिए । उनीसँगै क्वारेनटाइनमा बसेका श्रीमानसहित पाँचजनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । file photo





