जेठ १२,
रामेछाप । मंगलबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. देवकोटाले उक्त जानकारी दिए ।
थपिएको संख्या सहित नेपालमा ९० जना कोरोना संक्रमित थपिएका हुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना संक्रमित थपिएका छन्। संक्रमितहरुमा रौतहट, जुम्ला, बारासहितका रहेका छन् । रौतहटमा मात्रै २० जना कोरोना संक्रमित थपिएका छन् । सिरहामा ४ जना संक्रमित थपिएका छन्।
उता भेरी अस्पतालमा गरिएको परीक्षणमा १ जना पुरुष संक्रमित भेटिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण देखिएको हो।
पोखरामा गरिएको परीक्षणमा स्याङ्जा वालिङमा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण पाइएको छ। यस्तै सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका ८ जनामा संक्रमण देखिएको छ।
त्यस्तै भेरीगंगा र सिम्काबाट दुईजना संक्रमित थपिएका छन् । यस्तै बाँकेको नेपालगञ्जमा पनि ७ जना संक्रमित थपिएका छन्। बाँकेको डुढुवाबाट ४ जना कोरोना संक्रमित भेटिएका छन्। राप्ती सोनारीमा पनि कोरोना संक्रमित भेटिएका छन् । उता दाङको राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पनि थप संक्रमित भेटिएका छन्। कपिलवस्तुको यशोधराका २४ जना संक्रमित भेटिएका छन्। त्यहाँ एक बालिकासहित २४ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ७७२ जना पुगेको छ। यसबीचमा १ सय ५५ जना संक्रमित पनि उपचार गरेर घर फर्किएका छन्। हालसम्म ४६ जिल्लामा कोरोना संक्रमित भेटिएका छन्। ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । फाइल फोटो





