जेठ १४,
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद विकास कोषको रकम खारेज गर्नुपर्ने उल्लेख गरेका छन् । बुधबार ट्विटरमा आफ्नो भनाइ राख्दै सांसद कोषको रकमले स्वाभिमान भएका केही सांसदहरुलाई लज्जित तुल्याएको लेखेका हुन् ।
उनले सो रकमलाई सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर एक एक अर्ब बिनियोजन गर्नुपर्ने बताएका छन्। यसअघि नेकपाका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पनि सांसद विकास कोषको रकम खारेजीको कुरा अघि सरेका थिए ।
‘सांसद कोषको रकमले केही स्वाभिमान भएका सांसदहरूलाई सारै लज्जित तुल्याइरहेछ’, उनले भनेका छन्, ‘यसो गरौं न-सबै क्षेत्रको समानुपातिक विकास गर्न सूचकांक बनाएर सम्बन्धित क्षेत्रका सबै सांसदहरूको संयुक्त सिफारिसमा सामाजिक र भौतिक पूर्वाधारका निम्ति करिब १/१अर्ब बजेट बिनियोजन होस्। अहिलेको कनिका रकम खारेज होस!’
