जेठ १८,
रामेछाप । धारिलो हतियार प्रहारबाट रामेछापको सुनापतिमा १७ वर्षिय किशोरी गम्भीर घाइते भएकी छिन । घाइते हुनेमा सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीकी सत्यदेवि खड्का हुन । उनीमाथी गए राती धारीलो हतियार प्रहार भएको थियो ।
सोही ठाँउका कृष्ण कोइरालाले उनीमाथी हतियार प्रहार गरेका थिए । उनी फरार रहेको र उनको खोजी भैरहेको जिल्ला प्रहरी रामेछाप कार्यालय रामेछापका प्रहरी प्रमुख वसन्त पाठकले जनता भ्वाईसलाई जानकारी दिए ।
खड्को घाँटीमा चोट लागेको र अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाडौं पठाईएको पाठकले बताए । घटना के कारण भयो भन्ने यकिन हुन नसकेकाले घटना बारे थप अनुसान्धान भैरहेको छ । फोटो प्रतिकात्मक / फाइल





