‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन’
–महाकवि लक्ष्मीप्रसाद देवकोटा
राज्यको मूल प्रवाहबाट शताब्दीऔंदेखि थिचिएका र किचिएका तत्कालिन शुद्रहरु भनिने नै ‘दलित’ हुन् ।
जातीय विभेद र छुवाछुत उच निच्, ठूलो सानो र भेदभावको ठाडो सिकार भएका दलित नेपालका अल्पसंख्यक होइनन्, शरणार्थी, अप्रवासी र दास पनि होइनन् ।
नेपालका सोझा, इमान्दार, कला, सीप, कौशल र सामाजिक अभियन्ता ‘दलित’ यी पनि नेपालका सन्तति हुन् ।
नेपाली समाजमा एउटा कुकुर मर्यो भने त्यसलाई फ्याक्ने मानिसको अभाव हुँदैन तर कोही एउटा दलित मर्दा उसका जातका मान्छे त्यहाँ रहेनछन् भने उसको दाह संस्कार गर्ने मान्छे पाइँदैन ।
के कुकुरको जति पनि दलितको हैसियत छैन ? यही यथार्थताका बीच बाँचिरहेका छन् ‘दलित’ समुदाय । यो सरासर गलत हो, यसलाई बदल्ने अभियानमा हामी सबै एकजुट् हुनु जरुरी छ । पानीको आधारमा विभेद गर्ने परिपाटीको दाहसंस्कार हुनै पर्छ ।
बहुजाति र बहुभाषि रहेको नेपाली समाजमा दलित जाति पाखा पारिएका जाति मानिन्छन् । जनावरले समेत आफ्नो ढंगले अधिकारको उपभोग गर्न पाउँदछ भन्ने कुराको वकालत सुरु भएको समयमा मानिस भएर पनि दलितहरूले समाजमा कुकुरको भन्दा पनि तल्लो व्यवहार भोग्नु परिरहेको छ ।
उस्तै प्रकृतिबाट जन्मने र मर्ने भएता पनि दलित भएर जन्मेकै आधारमा छुवाछुत र भेदभाव भोग्नुपर्ने स्थिति यद्यपि ज्यूँकात्यूँ छ । दलित जाति आफू मानव भएर स्वतन्त्रतापूर्वक जीउन पाएका छैनन् । हिजोको समयको जस्तो जातीय विभेद र छुवाछुत प्रत्यक्ष रुपमा नभएपनि अहिलेको वर्तमान समयमा अप्रत्यक्ष रुपमा जातीय विभेद र छुवाछुत प्रशस्त भइरहेको देख्न सक्छौँ ।
मान्छे भएर जन्मेपछि स्वतन्त्र ढंगले बाँच्न र राज्यद्वारा प्रदत्त अधिकारहरूको समान उपभोग गर्न पाउनु सबै मानवको नैसर्गिक अधिकार हो । तर, नेपाली समाजमा भने दलित भएर जन्मेकै आधारमा ऊ आफ्नै अधिकारबाट समेत बञ्चित हुनु परेको छ ।
नेपाली समाजमा मात्र नभएर युगाँैदेखि बलियोले निर्धोलाई हेप्ने र मालिक र दासको मानसिकता संसारभर कुनै न कुनै रुपमा रहेको चल्दै आएको पाइन्छ ।
जातीय छुवाछुत उन्मुलन त राज्यले गरिसक्यो तर, मानिसको मानसिकबाट जतीय छुवाछुत उन्मुलन हुन सकेको छैन ।
रुकुम पश्चिम र देवदहको घटना हेर्दा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको छ, दलित भएकै कारण ।

मन्थली १, रामेछाप
समाजमा एउटा कुकुर, बिरालो, गाई, भैसीलाई अंगालो मार्ने अनि एउटा तल्लो जातीयले अर्को उच्च जतीयलाई छुँदा पनि सुन पानी छर्किएर चोखो हुनुपर्ने हाम्रो कतिसम्म कथित समाज छ । संसारमा देखापरेको सबै जातीय समस्याहरू मध्ये ‘छुवाछुत’ सबैभन्दा क्रुर र मानवीय तत्वलाई हिनता ग्रस्त बनाउने समस्या हो ।
यो देख्दा सामान्य लाग्ने तर अनुभूति गर्दा र भोग्दा अत्यास लाग्ने समस्या हो । कहिले पानी छोएको निहुँमा, कहिले बोक्सीको निहँुमा त कहिले अन्तर जातीय विवाह गरेको निहँुमा नेपाली समाजमा सामाजिक रुपमा नै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा छुवाछुत र जातीय विभेद हुँदै आएको छ । यस्ता उदाहरण धेरै छन् हाम्रो नेपाली समाजमा ।
रुकुम पश्चिम र देवदहको घटना हेर्दा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको छ, दलित भएकै कारण ।
के दलित जातिले चै बाच्न पाउने अधिकार छैन ? हामी एक समूह, समाज, समुदाय, र राष्ट्रमा बसोबास गर्ने हामी नेपाली र पनि जातीय भेदभाव र छुवाछुत गर्ने प्रचलन अन्त्य भएका छैनन् । उनीहरु हत्या, बलत्कार, कुटपिट, दमन, र अन्तर जातीय विवाह विभेद आदि हिँसाबाट निरन्तर पीडित रहदै आएको देखिन्छन् ।
उत्पीडनको विरुद्ध संगठित पहलकदमी बिना कुनै मुक्ति सम्भव नभएको हुँदा आत्मसाथ गर्दै हातेमालोका साथ अघि बढ्न आवश्यक छ । जात कै आधारमा मानिसले मानिसलाई विभेद गर्न पाउँदैन ।
जुन एकदमै निन्दनीय घटना हो । एउटै समाजमा बसेर पनि दलित हुनुका कारण मानव भएर बाँच्ने हैसियतसम्म पाएका छैनन् उनीहरूले । समाजमा भोग्नु परेको पीडा तथा राज्यले उनीहरूमाथि गरेको भेदभावका कारण उनीहरूको जीवन अत्यन्त पीडादायक छ ।
भेदभावपूर्ण व्यवहारको प्रतिवाद गर्ने साहस धेरैजसो दलितहरूमा आजसम्म कम्ती नै छ र यसलाई उनीहरूले भाग्यका रुपमा बाध्य भएर स्विकार गरिहेका छन् ।
उत्पीडनको विरुद्ध संगठित पहलकदमी बिना कुनै मुक्ति सम्भव नभएको हुँदा आत्मसाथ गर्दै हातेमालोका साथ अघि बढ्न आवश्यक छ । जात कै आधारमा मानिसले मानिसलाई विभेद गर्न पाउँदैन ।
हरेक मानिसलाई समाजमा सम्मानीत भएर बाँच्न पाउने अधिकार छ । हाम्रो मौलिक अधिकार पनि हो । दलित समानताको सुनिश्चितका लागि गैरदलित समुदायको महत्वपूर्ण भूमिका रहन्छ । साथै राज्यका संवैधानिक निकायले जिम्मेवारीपूर्वक भूमिका निभाउन जरुरी छ । पीडितलाई न्याय र पीडकलाई सजाएँ हुन अत्यावश्यक छ ।
जसले गर्दा पीडितले न्यायको ढोका ढक्ढक्याउन सकुन । साथै पीडकले विभेद जन्य कार्य गर्न डराउन् । अनि मात्र समाजमा जातीय भेदभाव तथा छुवाछुत जस्ता आपराधिक गतिविधिमा कमी आउन सक्छ ।
पीडकले विभेद जन्य कार्य गर्न डराउन् । अनि मात्र समाजमा जातीय भेदभाव तथा छुवाछुत जस्ता आपराधिक गतिविधिमा कमी आउन सक्छ ।





