Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना नियन्त्रणको लागि १० अर्ब खर्च, तीन नै तहले कती-कती खर्च गरे हेर्नुहोस्

जनता भ्वाइस by जनता भ्वाइस
June 4, 2020
in अर्थतन्त्र, समाचार
0
भोलि र पर्सी काठमाडौं बाहिर जाने गाडी खुलाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २२,

काठमाण्डौ । नेपाल सरकारले  अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ कोरोना महामारी नियन्त्रण तथा रोकथामकाे लागि खर्च गरेको छ । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो ।

कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा पालिकाले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् ।

कोरोना कोष र सङ्घीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र पालिकाहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए । पालिकहरुले गरेको खर्चको पूर्ण विवरण नआएको यो तथ्याङक अझै बढन सकिने आकलन गरिएको छ ।

समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । जनजीवन सहज बनाउँदै लकडाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल भएको छ ।

तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बुझाउने समझदारी पनि बैठकमा बनेको छ । फाइल फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लकडाउन खुकुलो बनाउने : बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरुबीच छलफल जारी

Next Post

सिन्धुलीका एक पुरुषमा कोरोना पुष्टि

Next Post
रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि

सिन्धुलीका एक पुरुषमा कोरोना पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.