जेठ २२,
रामेछाप । सिन्धुलीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कमलामाई नगरपालिका वडा नं १४ चन्दपुरका पुरुषमा कोरोना भाइरस संक्रमण बिहिबार पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिए । उनको प्रादेशिक अस्पताल हेटौँडामा गरिएको पीसिआर रिपोर्टमा कोरोना पोजेटिभ आएको हो ।
संक्रमित व्यक्ति यसअघि भारतबाट आई चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका थिए । उनी भारतबाट आएका स्थानीय हुन । उनको आवस्था हाल सामान्य रहेको छ। file Photo