Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा ९ सय जनाको रिपोर्ट नेगेटिभ, संक्रमित २३ सय १७ पुग्यो

Milan Ghimire by Milan Ghimire
June 4, 2020
in समाचार
0
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २२,

रामेछाप । रामेछापमा हालसम्म करिब ९ सय जनाको कोरोना परीक्षण गरिएको छ । ८ सय ४८ जनाको आरडीटी र ५० जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको जिल्ला स्वाथ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनका अनुसार सबैको रिपार्ट नेगेटिभ आएको छ । जिल्लाबाट थप परीक्षणका लागी हालसम्म ५० जनाको स्वाब संकलन गरि काठमाडौं पठाइएकोमा सबै रिपोर्ट नेगेटिभ आएको छ ।

बुधबार गत शनिबार थप परीक्षणका लागि काठमाडौं पठाएको रिपोर्ट नेगेटिभ आए संगै हालसम्मको सबै रिपोर्ट आएको हो । केहीदिन अघि आइसोलेशनमा भर्ना भएकी मन्थली नगरपालिका वडा नं ७ की ३२ वर्षीया, ठेगाना नखुलेकी ४८ वर्षीया महिला र रामेछाप नगरपालिका वडा नं ८ का ७० वर्षक एक पुरुषको स्वाब पीसीआर परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । उनीहरु दुबैको रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज पनि गरेको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

जिल्लामा गत वैशाख २ गते सोमबारबाट आरडीटी परीक्षण सुरु भएको थियो । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय १७ पुगेको छ ।

हिजो २ सय १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका थिए । तर आज गण्डकी प्रदेशमा थप १६ जना र छिमेकी जिल्ला सिन्धुलीमा १ जनामा कोरोना पुष्टि भएसंगै कुल संख्या थप भएर २३ सय १७ पुगेको हो । हालसम्म ९ जनाको कोरोनाका कारण नेपालमा ज्यान गएको छ । भने २ सय ७८ जनाले कोरोनालाइ जितेका छन् । ६५ जिल्लामा कोरोना फैलिएको छ। file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सिन्धुलीका एक पुरुषमा कोरोना पुष्टि

Next Post

७३ दिनदेखी जारी लकडाउन उल्लंघन,सावारी चहलपहाल बढ्योः मोडालिटी परिवर्तन मन्त्रिपरिषद् बैठक बस्दै

Next Post
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह

७३ दिनदेखी जारी लकडाउन उल्लंघन,सावारी चहलपहाल बढ्योः मोडालिटी परिवर्तन मन्त्रिपरिषद् बैठक बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.