जेठ २२
रामेछाप । नेपालमा कोरोना भाइरस संक्रमिणको संख्या दैनिक बढेका बढै छ । आज पछिल्लो जानकारी अनुसार ३ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २६ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार कोरोना संक्रमिको संख्या २ हजार ६ सय ३४ जना पुगेको छ। आज थप १२ जना डिस्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना जित्नेको संख्या २ सय ९० जना पुगेको छ । जसमा पुरुष १ सय ५६ र महिला १ सय ३४ जना महिला छन् । ६५ जिल्लामा कोरोना फैलेको छ । हिजो एकै दिन २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारले हाल विभिन्न स्थानका २१ प्रयोगशालाबाट परीक्षण गर्दै आएको छ । file photo