रामेछाप । नेपालमा कोरोना कारण आज थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । उनी भारतबाट आएका क्वारेन्टिनमा बसेका थिए । उनको जेठ २० गते मृत्यु भएको र आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । file photo