रामेछाप, साउन १९
देशमा निरंकुशता चाहानेहरुले संघिय लोकतान्त्रीक गणतन्त्रका विरुद्ध खनिएको (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् । सरकारको प्रगति नचाहानेहरु सरकार ढाल्न लागि परेकाले सरकार हैन ब्यवस्थानै परिर्वतन गर्नु पर्ने बक बक गर्दै हिडेको टिप्पणी गरेका छन् । वीपी राजमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिकासंग जोड्ने निर्माण गरिएको सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको करिब नब्बे मिटर लम्बाईको पक्की पुलको आइतबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारको ब्यवस्था परिर्वतन गर्छु भन्नेहरु क्षेणभरमै खरानी हुने दाबी समेत गरे ।
फरक पशंगमा अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा लागेकाले नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् ।
उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरिवोल गजुरेल , प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेल र प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठ लगाएतका नेताहरुले आफ्नो धारण राखेका थिए ।
यो पुल बनेसंगै रामेछाप , सिन्धुली र काभ्रेका सर्वसाधारणहरुको आवतजावतमा सहजता भएको छ ।