रामेछाप जिल्लामा (कोभिड १९) कोरोना भाइरसका एकै दिन १८ जना संक्रमित पुष्टी भयो । जसमा अधिकांश भारतबाट आउनेहरु छन् ।
त्यो पनि क्वारेन्टाइनमा बस्नेहरु केही साथीहरू अपुष्ट खबरले घर समेत पुगेको भन्य हुइम् छ । जहाँसम्म लाग्छ होला पनि । उनीहरुको आफन्त र भेटभएका सबैलाई क्वारेन्टाइनमा राखे र दैनिक कार्य सहज गर्नु पर्ने हो ।
जिल्लामा आआफ्नै नियम कानुन छन् । नागरिकले दुःख कष्ट मात्र होइन, अचम्मित भएका छन् । यति बेला जनप्रतिनिधिज्यू हरुको भूमिका शुन्य रहेको छ । अझ भन्ने हो भने लिखु तामाकोसी गाउँपालिकाका प्रमुख उपप्रमुख र वार्ड अध्यक्ष बीचमा नै झगडा छ । अघिल्लो बर्षको बजेट त कति पनि विकास गर्न पाइएन । तर संक्रमितलाई कसरी मनोबल बढाउने र रोगसँग लड्न उत्प्रेरित गर्ने भन्ने सोच समेत तय भएको छैन ।
अन्य गाउँपालिकाको तुलनामा पनि त्यस्तै छ । अहिले ठूलै जनसंख्या गाउँमा रहेको छ । जिल्लाभर कालो बजारी जताततै छ । कमाएर ल्याएको पैसा सकियो अब के गर्ने सबै चिन्तित् नै छन् । खेतबारीमा मकै हरियो छ । खाने बेला भएको छैन । भएको अन्न सकियो । श्रम बेच्ने ठाउँ छैन । यसै सिलसिलामा रामेछाप जिल्लाको माथिल्लो भूगोललमा म एक जना ट्याक्टर चालकसँग कुरा गर्दा नाम नबताउने शर्तमा अब पनि खुलेन भने पेट पाल्नको लागि चोरी गर्न बाध्य हुन्छु, भन्ने कुराले मन नै अमिलो बनाउने अवस्था छ ।
अझ पालिका प्रमुखज्यरुहरुलाई नागरिक भन्दा कुन वार्डलाई कति बजेट विनियोजन गर्ने भन्ने कुरा छलफल सुरु गरेका छन् । नागरिकको कुनै चिन्ता छैन । किनकी यो चुनाव होइन । संकट हो चुनावमा चाहिँ उम्मेदवारीको जिम्मा हुन्छ तर संकटमा सबैको जिम्मेवार हुन्छ जस्तो तुच्छ कुरा बोल्न पछि पर्दैन् ।
हुन त नागरिकहरूमा पनि संकुचित सोच छ । काठमाडौ देश बाहिर गएर भाँडा माझ्न पछि नपर्ने यहाँ विकाशको कुरा सीप अनुसार गर्न लजाउछौ । जसले गर्दा केही समयमै रामेछापमा ठूलो संख्यामा विकृति फैलाउने विष्लेशक बताउँछन् । जेष्ठ २२ गते गरेको निर्णयलाई निरन्तरता दिनु उपयुक्त हुन्थ्यो । रामेछाप जिल्लाकै नागरिक संक्रमित नभई भारतबाट आउने थाहा पाउँदा पाउँदै पनि फेरि प्रशासनले पुन बन्दाबन्दी कडाई गरेको छ ।
रामेछाप जिल्लाको व्यापारीहरुको मात्र मैले कुरा गर्दा ३ सय ५५ व्यापारी मानसिक रोगको सिकार भएका छन् । यस्तै हो भने रोग जटिल बन्दै जाने निश्चित नै छ । अब सामान्य परिवर्तन त अधिकांश परिवार रोगका सिकार भएका छन् ।
रामेछाप जिल्लाका नागरिक र व्यवासायीलाई कठ पुतली जसरी खेलाउछन् र दैकिन नियम परिवर्तन गर्छन् । बन्द गर्न सक्ने निकायले बैँकको ब्याज, घरभाडा र सरकारी कर छुट् गर्न सक्नु पर्ने हो । माथिल्लो निकायमा बहसको विषय बनाउनु पर्ने हो । तपाईं आफू भन्दा माथिल्लो निकायमा मुन्टो निहुँर्याउने अनि तल्लो तहमा आएर बाघ भन्ने हो भने यो खतराको संकेत हो ।
रामेछाप जिल्लाको व्यापारीहरुको मात्र मैले कुरा गर्दा ३ सय ५५ व्यापारी मानसिक रोगको सिकार भएका छन् । यस्तै हो भने रोग जटिल बन्दै जाने निश्चित नै छ । अब सामान्य परिवर्तन त अधिकांश परिवार रोगका सिकार भएका छन् ।
सामाजिक दूरी कायम गर्नु र दैनिकी तर्फ फर्किनु जरुरी हो ।
त्यसैले जिल्लाकासँग संस्था, युवा, पत्रकार, जनप्रतिनिधि, सुरक्षाकर्मी र जिल्ला प्रशासन कार्यालयले यो बुझ्नु पर्ने हो, रोगले भन्दा भोकले मर्न नदिनु ठूलो उपलब्धि हुन्छ । यदि भोलि रामेछापका कुनै नागरिकले भोकको डरले आत्माहत्या पत्र लेखेर हत्या गरे भने भोलि आज बन्द गर्ने सबै संघसंस्था र सरकारवाले जिम्मेवार हुनु पर्छ । भोलि रामेछापका सबै नागरिक एक भएर सडकमा आउँदा जनप्रतिनिधिसँग संघसंस्था र सरकारवाला बङ्करभित्र बस्नु पर्ने दिन आउन सक्छ । त्यसैले होसियार होऔं ।
भोकलेभन्दा रोगले मर्यो जिल्ला सहजता अपनाऔं । जनचेतना फैलाऔं । श्रम बेच्नेले बेचौँ । किन्नेले पनि किनौँ । सामाजिक दूरी कायम गर्नु र दैनिकी तर्फ फर्किनु जरुरी हो ।