जेठ २५,
रामेछाप । नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै कुल संक्रमितको संख्या नयाँ संक्रमितको संख्या ३२ सय ७३ पुगेको छ। गण्डकी प्रदेशमा कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माद्वारा आइतबार बिहान ६ बजे जारी सूचना अनुसार गण्डकी प्रदेशका चार जिल्लाहरु स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी पूर्वमा संक्रमण पुष्टि भएको हो।
जसअनुसार, स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १०, नवलपरासी पूर्वमा ४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै पुरुष हुन्।
संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजानै तयारी भइरहेको सूचनामा भनिएको छ। हिजो नेपालमा कोरोना ३ सय २३ जनामा कोरोना पुष्टि भएको थियो । हाल सम्म १३ जनाको मृत्यु भैसकेको छ ।
