Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वभर कोरोना : ६८ लाख ५५ हजार संक्रमित, ३ लाख ९८ हजारको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
June 7, 2020
in समाचार, स्वास्थ्य
0
विश्वभर कोरोना : ३ लाख ७५ हजारको मृत्यु,६२ लाख ५९ हजार ८ सय ८७ मा  पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २५,

काठमाडौं । विश्वभर ६८ लाख ५५ हजार ८ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा १९ लाख १९ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ६ लाख ४५ हजार ७ सय ७१, रुसमा ४ लाख ५८ हजार १ सय २, बेलायतमा २ लाख ८६ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ९८ हजार ३ सय २१ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख ९ हजार ७ सय ९१ छ। त्यस्तै, बेलायतमा ४० हजार ५ सय ४८, ब्राजिलमा ३५ हजार २६, इटालीमा ३३ हजार ८ सय ४६, फ्रान्समा २९ हजार १ सय ४५ जनाको मृत्यु भएको छ।

विश्वभर ३० लाख ७१ हजार ४ सय ३ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा अमेरिकामा ५ लाख ८ सय ४९, ब्राजिलमा २ लाख ६६ हजार ९ सय ४०, रुसमा २ लाख २० हजार ९ सय ३५, जर्मनीमा १ लाख ६८ हजार ९ सय ५८ जना संक्रमणमुक्त भएका छन्।

विश्वभरका २ सय १३ देश र क्षेत्र तथा २ वटा अन्तर्राष्ट्रिय जहाजमा कोरोना संक्रमण फैलिसकेको छ।

नेपालमा ३ हजार २ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश १ मा २४९, प्रदेश २ मा १०७७, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ७३, प्रदेश ५ मा १०६१, कर्णाली प्रदेशमा ५७९ र सुदूरपश्चिम प्रदेशमा १०६ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकामध्ये १३ जनाको मृत्यु भएको छ भने ३ सय ६५ जना संक्रमणमुक्त भएका छन्। फाइल फोटो/ ऐजेन्सि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज बिहानै ३८ जनामा कोरोना पुष्टि, कुल ३२७३,

Next Post

आजदेखि सुनचाँदीको भाउ प्रकाशित गर्ने : पसलहरु आशिंक खुल्ने

Next Post
सुनको मुल्यमा नयाँ रेकर्ड, दैनिक एक हजारका दरले बढ्दै

आजदेखि सुनचाँदीको भाउ प्रकाशित गर्ने : पसलहरु आशिंक खुल्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.