Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अमेरिकाकी राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित

जनता भ्वाइस by जनता भ्वाइस
June 7, 2020
in समाचार
0
अमेरिकाकी राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २५,

काठमाडौं । अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही वर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उहाँले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ । कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्तिलगायत विषयलाई उनले मुख्य एजेण्डाको रुपमा अगाडि सार्ने जनाइएको छ ।

पूर्व उपराष्ट्रपति समेत रहका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदवारी दिने निर्णय शुक्रबार राती भएको हो । निर्णय भएपछि उनले भनेकाछन्, “हाम्रो पार्टीमा धेरै विद्वान तथा क्षमतावान उम्मेदवारहरू अरु धेरै हुँदाहुँदै पनि मलाई अवसर दिनुभएकोमा म सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

उनले पार्टीको एकतासहित आफूहरू आउदो आम निर्वाचनमा जान लागेकोमा आफूलाई गौरव महसुस भएको पनि बताएका छन् । आफ्नो पार्टीबाट सहजै उम्मेदवार बन्न पाउने अवस्था आउनु उनका लागि सफल पक्ष भएको राजनीतिज्ञहरूले बताएका छन् । उनको पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदवार बन्न चाहेका कतिपय उम्मेदवारहरूले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् ।

डेमोक्रयाटिक पार्टीबाटै उम्मेदबार बन्न खोजेका बेर्नी सन्डेर्सले गत अप्रिलमै चुनाबी अभियानबाट आफू पछाडी हटेको घोषणा गरेका थिए। बाइडेनसँग अहिले एक हजार ९९५ जना डेलिगेडट्स रहेका छन् भने उहाँले चुनावी प्रचारप्रसारलाई अब झन सशक्त बनाउने बताएका छन् ।

तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उनलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिनले ओबामाको ठूलो सहयोग हुने देखिएको छ । पछिल्लो समय बाइडेनलाई उम्मेदवार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उहाँले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

वर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्तिमार्फत् आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको छ । ओबामाको समर्थनका कारण बाइडेनलाई अश्वेत मतदाताहरूको थप सहयोग हुने विश्लेषण गरिएको छ ।

ओबामाको उपराष्ट्रपति हुनुभन्दा अगाडी बाइडेन झण्डै ३६ बर्ष सिनेटको सदस्यका रुपमा रहनु भएको थियो ।उनी अहिले ७७ बर्षको हुनुभएको छ । उनलाई अमेरिकामा अनुभवी, परिवक्व र सन्तुलित नेताका रुपमा लिने गरिन्छ ।रासस / एपी/ फोटो AP

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज

Next Post

सोती घटना मृतकको सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन , दोषीलाई कडा कारबाहीको माग

Next Post
सोती घटना मृतकको सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन , दोषीलाई कडा कारबाहीको माग

सोती घटना मृतकको सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन , दोषीलाई कडा कारबाहीको माग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.