Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सोती घटना मृतकको सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन , दोषीलाई कडा कारबाहीको माग

Milan Ghimire by Milan Ghimire
June 7, 2020
in समाचार, स्वास्थ्य
0
सोती घटना मृतकको सम्झनामा नेविसंघद्वारा दीप प्रज्वलन , दोषीलाई कडा कारबाहीको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २५,

काठमाडौं । नेपाल विद्यार्थी संघले शनिबार साँझ काठमाडौंको माइतीघर मण्डलामा पश्चिम रुकुमको सोती घटनामा ज्यान गुमाएकाहरुको  आत्मा शान्तिका लागी दीप प्रज्वलन गरेको छ ।

घटनाका दोषीलाई राज्यले नै उन्मुक्ति दिन खोजेको भन्दै यस्ता जघन्य अपरधिलाई कडा कारबाही माग गर्दै दीप प्रज्ज्वलन गरिएको नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस जाजरकोटका नेता एवं संविधान सभा सदस्य राजीव बिक्रम शाह , नेविसंघ महामन्त्री युवराज पाण्डे, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य मन्जित ताम्राकार, नेपाल दलित विद्यार्थी संघका राष्ट्रिय अध्यक्ष कमल बिक , नेताहरू धर्मदेव फुलारा, तपेन खड्का , सुवास पौडेल , सोमराज मल्ल लगायतको उपस्थिति रहेको ढुंगेलले बताए ।  

नेता शाहले सरकार र नेकपा नेताहरुले यो घटनालाई तोडमोड गरि दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउनुका साथै घटनामा संलग्न सबैलाई सजाय दिलाउन आफुँ सम्पूर्ण तवरले लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

नेविसंघ महामन्त्री पाण्डेले घटनामा संलग्न जुनसुकै जाति, पार्टी, समुदायको भएपनि कानुनी कार्वाही हुनु पर्ने बताए । ‘कुनैपनि बहानामा अपराधीहरूले उन्मुक्ति पाउनु हुँदैन । यो घटना कानुन र मानव जातिकै बिरूद्धको अपराध हो । यस घटनालाई तोडमोड गर्ने र अपराधी जोगाउने दुष्कर्म नगर्न सत्ताधारी सबैलाई चेतावनी दिन चाहन्छौं उनले भने ।

राष्ट्रिय दलित आयोगका पुर्व सदस्य ताम्राकारले ” सरकारले पिडितलाई न्याय र पिडकलाई दण्ड दिएन भने न्यायको लागी अन्तर्राष्ट्रिय अदालत पनि पुग्न सकिन्छ ।” उनले भने ।

यस्तै नेपाल दलित विद्यार्थी संघका अध्यक्ष बिकले अब न्यायका लागि देशभरका ५२ लाख दलित उठ्नुपर्ने बेला आएको र यो घटना सिङ्गो मानवता माथिको प्रहारका रुपमा आफुँहरुले लिएको बताए ।

कार्यक्रम नेपाल विद्यार्थी संघका नेता दिपक ओझाको संयोजना सम्पन्न भएको थियो । फाइल फोटो

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अमेरिकाकी राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित

Next Post

भोली नेकपाको एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बस्ने

Next Post
भोली नेकपाको एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बस्ने

भोली नेकपाको एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बस्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.