जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिका वडा नं. ४ का वडाध्यक्ष वीरेन्द्रकुमार बज्राचार्यले आफूले यो चालु आव. मा गरेको कामको स्व मूल्याङ्कन गरेका छन् ।
चालु आव. मा गरेको आफ्ना गतिविधिको साथै आफ्ना ३ वर्षे कार्यक्रमको समेत स्व मूल्याङ्कन गरेका हुन् । आइतबार जनता भ्वाइससँग कुराकानी गर्दै वडाध्यक्ष बज्राचार्यले जन चाहना र आवश्यकताका आधारमा आफ्नो वडामा विकास निर्माणका कामहरु भइरहेको बताएका हुन् ।
उनले आफूले हालसम्म राजनीति गरेर नेतृत्व र नेतृत्व गर्नका लागि आवश्यक आधारहरु के के रहेछन् ? भन्ने कुरा सिकेको बताएका छन् । उनी भन्छन्, ‘राजनीति आजको लागि होइन । भोलिको भावी पुस्तालाई समेत स्वास्थ्य र शिक्षाका लागि सम्भावना छोड्नु पर्ने भन्ने पाठ सिकाएको छ । अझ भन्दा कृषि क्षेत्रका लागि आज मात्रै होइन भोलिका दिनमा पनि कृषिमा आत्मनिर्भरतामुखी बनाउनु पर्ने झन महत्वको कुरा रहेछ ।’
लकडाउन खुलेपछिको अवस्थामा आफ्नो वडालाई कृषिमा आत्मनिर्भरता तर्फलैजाने सोच रहेको बज्राचार्यले बताएका छन् । सके सम्म आफ्नै माटोमा स्वरोजगार बन्नका लागि प्रेरित गर्ने र युवालाई कृषि कर्ममा आकर्षित गर्ने सोच रहेको समेत बज्राचार्यले बताएका छन् ।
बाँकी भिडियोमा…