डा. राजन न्यौपाने
जनता भ्वाइस संवाददाता, रामेछाप
शुभजीवन हस्पिटल खुर्कोट, सिन्धुलीका संचालक डा. राजन न्यौपानेले कोरोना भाइरसको संक्रमणबाट हालका दिनसम्म एकजना पनि बिरामी उपचार गर्नु नपरेकोमा भगवानलाई धन्यवाद् दिएका छन् । निजी अस्पताल संचालकहरु सबैले राज्यसँग कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न सहकार्य नगरेको भन्ने कुरा तथ्यहीन भएको बताएका छन् ।
जनता भ्वाइससँग कुराकानी गर्दै डा न्यौपानेले भन्छन्, ‘जसरी हातका औंलाहरु बराबर छैनन्, त्यसैगरी सबै निजी अस्पताल संचालकहरु पनि सबै उस्तै हुँदैनन् । राज्यले जब देशमा कोरोना भाइरसको संक्रमणबाट बच्न क्वारेन्टिन र आइसोलेशन वार्ड बनाउन थाल्यो, तब हामी निजी क्षेत्रका अस्पतालहरुले पनि सरकारको सोकार्यलाई समर्थन गरी यस अस्पतालमा आइशोलेशन वार्ड बनाएका छौं । अरुले के गरे, के गरेन् मैले भन्नु भन्दा पनि मैले आवश्यक पूर्वतयारी गरेको छु ।’
राज्यले निजी स्वास्थ्य संस्थाहरुलाई सजिलो वातावरण नबनाई आफूहरुसँग सहकार्य नगरको भन्ने आरोप लगाएको बताएका छन् । राज्यले लगाएका आरोपहरु सबै गलत भएको र कम्तिमा कोरोना भाइरससँग प्रतिरोध गर्ने सामग्री जस्तै पिपिई, थर्मगन, टेष्टकिट् लगायतका समग्रीहरु सुफथ मूल्यमा सरकारले उपलब्ध गराउनु पर्ने धारणा राखेका छन् । जति रकम चाहिने हो, उचित रकम हामी निजी स्वास्थ्य क्षेत्र संचालकहरु तिर्न तयार छौं तर कोरोना प्रतिरोधी आवश्यक सामग्री हामीलाई सरकारले उपलब्ध गराउनु पर्छ ।
‘मेरो विचारमा आजको सन्दर्भमा लकडाउन लम्ब्याउनुको विकल्प छैन । यदि लकडाउन लम्ब्याउन सकिएन भने स्थिति झन भयावह हुने प्रष्ट देखिन्छ । तर त्यो सँगसँगै परीक्षणको दायरालाई पनि निकै फराकिलो बनाएर लैजानु पर्छ । बाटोमा हिँड्ने हरेक मान्छेको पिसिआर टेष्ट गराइयो भने यसको नियन्त्रणमा सहजता आउँछ । के नेपाल सरकारसँग पैसाको अभाव हो र ? मलाई लाग्छ, सरकारी स्तरमा सही र उपयुक्त समयमा उपयुक्त सल्लाहदिने सल्लाहकारको कमी छ कि ?’
बाँकी भिडियोमा…