Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अनुदानमा बोयर जातका बोका पाउँदा कृषकहरु दङ्ग (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
अनुदानमा बोयर जातका बोका पाउँदा कृषकहरु दङ्ग (भिडियो सहित)
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेठ २७, जनता भ्वाइस संवाददाता, रामेछाप

रामेछाप । प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले मंगलबार बोका वितरण गरेको छ । जिल्लाभित्र नियमानुसार दर्ता भई संचालन भइरहेका विभिन्न ३० वटा बाख्रा पालन गर्ने फर्महरुलाई बोयर जातका बोका वितरण गरेको छ । कार्यालय परिसरमा नै फर्म संचालकहरुलाई भेला गराएर परियोजना बोका वितरण गरेको हो ।

आर्थिक वर्ष २०७६–०७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत बाख्रा जोन संचालक समितिले सहजीकरण गरेको उक्त कार्यक्रममा वितरित बोकाहरु तनहुँ जिल्लाको बन्दीपुर अनुसन्धान केन्द्रको स्रोत केन्द्रबाट ल्याइएको बेद भुषालले जानकारी दिएका छन् ।
उच्चतम् ३० केजीको हिसाबले बिक्री गरिएका बोकाहरुको अधिकतम मूल्य ५४ हजार रहेकोमा फर्महरुलाई ५० प्रतिशत अनुदानमा बिक्री गरिएको हो । बिक्री गरिएका बोकाहरु मध्येमा २१ वटा ३० केजी वजनका, २ वटा २९ केजी, २६, २७ र २८ केजीका १–१ वटा र ४ वटा २५ केजीका बोकाहरु रहेका छन् ।

प्रतिकेजी १ हजार ८ सय रुपैयाँले बिक्री गरिएका बोकाहरु बापत कार्यालयले वितरणपूर्व नै ३० केजी प्रतिगोटाका दरले ५० प्रतिशत अनुदान सहित रकम असुल गरेको भएपनि बोका वितरण भइसकेपछि प्रतिबोका वजन अनुसार बाँकी रकम फिर्ता गरेको छ । ‘आफूले केही रकम तिर्नु परेका भएपनि उन्नतजातको बोका पाउँदा खुशी लागेको’ अनुदान प्राप्त फर्म संचालक कृषकहरुले प्रतिक्रिया दिएका छन् । जनता भ्वाइसको जिज्ञासामा संक्षिप्त कुराकानी गर्दै फर्म संचालकहरु आफूहरु खुशी भएको प्रतिक्रिया दिन्छन् ।

समान रकम तिरेर पनि घटीबढी वजनको बोका पायौं भनेर चिन्ता नलिन बाख्रा जोन संचालक समिति रामेछापका सचिव घनबहादुर लामाले बताएका छन् । फर्म संचालक कृषकहरुलाई सम्बोधन गर्दै लामाले बोका सानो भए पनि लामो समय सम्म फर्मका लागि काम लाग्ने भएकोले मन नदुखाउन कृषकहरुलाई आग्रह गरेका छन् । बोका वितरण कार्यक्रमको अध्यक्षता गर्न पुगेका जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का परम्परागत रुपमा पालिएका बाख्राहरु आधुनिक व्यवसायको रुपमा नदेखिने र आय आर्जन समेत राम्रो नहुने बताउँछन् ।

हाल वितरण गरिएका बोकाहरुले फर्ममा कस्तो प्रभाव पार्छन् भनेर भोलिका दिनले देखाउने छ । वितगमा पनि कृषकहरुलाई विभिन्न दातृ संस्थाहरुले निशुल्क वितरण गरेका बाख्राहरुले उनीहरुको जीवनस्तर उक्सेको प्रमाण कतै छैन । बाख्रा मात्रै नभएर ठूलो मूल्य परिमाणका उन्नत गाई तथा भैंसीहरु पनि कतै निशुल्क त कतै अनुदानमा वितरण भएका प्रसस्तै उदाहरणहरु हाम्रा सामु छन् ।

आफ्नो कार्यालयको वार्षिक स्वीकृत कार्यक्रमा नै समावेश भएको कार्यक्रम भएकाले पनि विभिन्न चरण र शर्तहरु पालन गर्दागर्दै बोका वितरण कार्य ढिलो भएको प्रधानमन्त्री कृषि अधुनिकीकरण परयोजना, परियोजना कार्यान्वयन इकाई रामेछापका वरिष्ठ कृषि अधिकृत होमनाथ लम्साल बताउँछन् ।

दाताले दिए, हातले खाने मानसिकता बोकेका हाम्रो समाजका कृषकहरु यी बोकाहरु खरिद गरेर ठूलो आर्थिक उपार्जन गर्न सक्लान् भन्ने कमै विश्वास गर्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

फेरी पठाइयो रामेछापबाट स्वाब : पुरानो रिपोर्ट आउनै बाँकी

Next Post

लकडाउनमा ‘ढुङ्गा कुँद्दै रूख पोत्दै’ युवाहरू (भिडियोसहित)

Next Post
लकडाउनमा ‘ढुङ्गा कुँद्दै रूख पोत्दै’ युवाहरू (भिडियोसहित)

लकडाउनमा ‘ढुङ्गा कुँद्दै रूख पोत्दै’ युवाहरू (भिडियोसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.