जेठ २८,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ ज्ञापनपत्र बुझाएको छ । बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिका निर्णयहरू अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ज्ञापनपत्र बुझाएको हो । बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाइ ज्ञापनपत्र बुझाइएको हो ।
कांग्रेसले सरकारले कोरोना माहामारी नियन्त्रण गर्न असफल भएको, भ्रष्टचार मौलएको, राहात प्याकेजको घोषणा नभएको लगाएतका ठहर गर्दै ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाउने गत केन्द्रिय बैठकको निर्णय बमोजिम पत्र बुझाएको हो । सो अवरमा गोपालमान श्रेष्ठ, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक सहभागी भएका थिए ।