जेठ २८,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय र अरु जटिल विषयमा देखिएको राष्ट्रिय एकताको प्रशंसा व्यक्त गरेका छन् । आज (बुधबार) संविधान संशोधनको विधेयेकमा प्रतिपक्षीले पनि समर्थन गरेको र सरकारको प्रसंशा गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिए र खुसी व्यक्त गरे ।
संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले दलीय व्यवस्थामा यस्ता राष्ट्रिय एकता कहिले काँही मात्रै देख्न पाइने तर नेपालको सन्दर्भमा देशलाई अप्ठेरो पर्दा राष्ट्रिय एकता दिइहाल्ने गरेको र सबैले जिम्मेवारीबोध गर्ने अत्यन्तै राम्रो चलन रहेको बताए ।
राष्ट्रियताको पक्षमा बौद्धिक समाज, नागरिक, सञ्चारमाध्यमलगायतले गरेका पहल पनि उदाहरणीय रहेको प्रधानमन्त्रीको भनाइ छ ।
त्यस्तै ओलीले नेपाल हेपिन तयार नभएको र नहेपिने प्रष्ट हुन आग्रह गरे । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तिब्बत प्रकरणमा जोडेर नेपालमाथि धम्की दिएको भन्दै सांसदले प्रश्न उठाएपछि जवाफमा ओलीले यदि उहाँले बोल्नुभएको हो भने जायज होइन । त्यसरी नेपाललाई धम्काउन खोजेको हो भने उचित होइन । अहिले त्यत्ति भनौं । उनी केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि होइनन् भने ।
यसैगरी बैठकमा कालापानी बाहेकका सीमा मिचिएका अरु भूभागमा सन्दर्भमा उठेका प्रश्नमा राष्ट्रियताको मामला, भूमि फिर्ता ल्याउने मामलामा यो सरकारलाई शंका गर्नुपर्ने कुनै कारण नभएको र सरकार लहैलहैमा गकुँद्दैने स्पर्ट पारे । अतिक्रमित भुमि फिर्ता ल्याएरै छाड्ने उनको जिकिर छ ।
त्यस्तै ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा सेनाको संलग्नताको बचाउ गर्दै गृहको भूमिका कमजोर नपारिएको जवाफ दिए । नेपाली सेना सरकारको एक अंग, निकाय/विभाग भएकाले विपदका बेला सबै संयन्त्र परिचालन गर्ने निर्णय अन्तर्गत सेनालाई पनि जिम्मेवारी दिइएको बताए । स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएर उक्त संस्थालाई पनि भ्रष्टाचारमा मुछ्न खोजेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले अहिले मात्रै नभइ सेनाले यसअघि धेरै चिज किनेको तर्क सुनाए ।
त्यस्तै प्रधानमन्त्री ओली र कांग्रेस सांसद गगन थापाबीच संसद बैठकमा सवाल जवाफ भएको छ । संसदमा नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कस्ले भनेको ? भन्ने सांसद थापाको प्रश्नमा प्रधानमन्त्री र थापाबीच सवाल–जवाफ भएको हो । प्रधानमन्त्री ओलीले नेपालीका रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेपछि थापाले कसले भनेको भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा ओलीले भने–‘मैले भनेको हुँ । प्रतिरोध क्षमता राम्रो छ भनेर मैले भनेको हुँ । भर्खंरै भनेको सुन्नुभएन ?’
प्रधानमन्त्रीको ओठे जवाफ सुनेर पुलकित भएका नेकपाका सांसदहरुले भने खुशीले टेबुल ठोके भने प्रतिपक्षका सांसदहरु प्रधानमन्त्रीको शैली देखेर हाँसेका थिए ।
त्यस्तै आगामी आर्थिक वर्षको बजेट कोरोनालाई समाप्त पार्ने कुरामा नै केन्द्रित रहेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । उनले सरकारको सारा ध्यान कोरोना नियन्त्रणमा भएको र बजेट स्वास्थ्यमै केन्द्रित भएको पनि बताए ।
विश्व स्वास्थ्य संगठनको आधारमा हेर्ने हो भने साउनको मध्यमा उच्च बिन्दुमा पुग्ने र कार्तिकबाट कम हुने उनले बताए ।
त्यस्तै प्रधानमन्त्री ओली सञ्चार माध्यममाथि फेरि खनिएका छन् । उनले एकथरी सञ्चारमाध्यमको ध्यान नै खोट देखाउनेमा केन्द्रित रहेको आरोप लगाएका हुन् । file Photo





