जेठ २९,
काठमाडौं । यस वर्षको एसइई परीक्षा नगर्ने निर्णय गरिएको छ । शिक्षा मन्त्रालयले वर्तमान कानुन संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको एसइई परीक्षा लिने विकल्पसहित प्रस्ताव गरेपछि बुधबार साँझ बसेको मन्त्रिपरिषदले बैठकले सो निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको थियो ।
गत चैत ६ गतेदेखि गर्नुपर्ने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण आन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
कक्षा १० को एसइई परीक्षाका लागि ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । file Photo