जेठ २९, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेमबहादुर तामाङले आफूले राजनीतिबाट विशेष पाठ सिकेको बताएका छन् । विशेष परिस्थितिमा निर्वाचित वडा सदस्यको कार्यभार संहाल्दै गर्दा वडाध्यक्षको जिम्मेवारी लिन आइपुगेका तामाङले जनताको सर्वोपरि हितको पर्यायवाची शब्द नै राजनीति रहेको बुझाई व्यक्त गरेका छन् ।
आफू विशेष अवस्थामा मन्थली नगरपालिकाको वडा नं. ६ को वडाध्यक्षको कार्यभार संहाल्न पुगेको र सो काममा निकै चुनौति रहेको बताएका हुन् । आफूहरुसँग भएको सीमित स्रोत साधन र सामथ्र्य तथा जनताको उच्चतम आवश्यकताको माग रहेको अवस्थामा सो मागहरुलाई पुरा गर्न कठिन भएको तामाङ्ले बताएका हुन् ।
जनता भ्वाइससँग कुराकानी गर्दै तामाङले आगामी आर्थिक वर्षका लागि वडामा प्राप्त बजेटलाई धेरैभन्दा धेरै कृषिका लागि परिचालन गर्ने बताएका हुन् । यसै प्रसंगमा थप जोड दिँदै उनी अगाडि भन्छन्, ‘यस वर्षको बजेटलाई कुखुरा, बाख्रा, बङ्गुरहरुको पालन, उन्नत बिउ बिजन, मलखाद र कृषि औजारहरु वडाबासीका लागि उपलब्ध गराउने र यसै कार्यका लागि वडाबासीलाई प्रोत्साहित गर्ने योजना छ । यो कार्यलाई मैले मेरो उच्च सपनाको कार्य रहेको र यसैलाई पूरा गर्न म लागिपर्ने छु ।’
सम्भावित कोरोना भाइरसको जोखिमको लागि आधारभूत विद्यालय, बेतिनी कोरोना क्वारेन्टिनको रुपमा कार्ययोजना बनाएको तामाङले बताएका छन् ।
बाँकी भिडियोमा…