यस आलेखको पूर्वाद्र्धमा यो स्पष्ट पार्न चाहन्छु कि, पङ्तिकार औशत नेपालीझैँ एक सामान्य जागरूक नागरिक मात्र हो, जो आफ्नो रोजीरोटीका लागि परदेशिएको युवा हो । न त कुनै दलीय अरिङ्गाल सेना हूँ, न त कुनै लाभको पद लिएको व्यक्ति नै । म वर्तमान प्रधानमन्त्री ओलीको व्यक्ति होइन, सो व्यक्तित्व को ‘ब्लाइण्ड सपोर्टर फ्यान’ चाहिँ पक्कै हो । केही मित्रहरूले आलोचना गर्ने गरेको ‘ओलीको भक्तिगानमा खटिएको सेना’ भन्ने आरोपलाई खण्डन गर्दै लेख शुरू गर्दैछु ।
नेपालको अत्यन्तै विकट तेह्रथुम जिल्लाको आठराईमा एक गरिब परिवारमा जन्मेर बाल्यकालदेखि नै सुसंस्कृत अनि सभ्य समाज निर्माणका लागि आफ्ना व्यक्तिगत र पारिवारिक मोह त्यागी जीवनको लगभग सबै समय देश र जनताको हित कसरी गर्न सकिन्छ भनेर लागिपरेका वर्तमान नेपालका सिद्धहस्ती, युगपुरुष एवम् सम्मानानीय प्रधानमन्त्रीलाई धेरै अगाडि नै नेपालको विकास गर्न सक्ने एक महान् नेताका रूपमा मैले ‘बोधीवृक्ष’सँग तुलना गरी एक कृति लेखेको थिएँ । आज जसरी विचलनमा आउनै लागेका नेपालीजनको हृदयमा राष्ट्रप्रेमको भाव दर्साइदिए अनि टुक्रिन लागेको नेपाली मन मस्तिष्कमा ‘वसुधैव कुटुम्बकम्’ को भावना सिर्जित गराई मुलुकलाई साम्प्रदायिक द्वन्द्व हुनबाट जोगाउने काम गरे । त्यसलाई एक महान् हस्तीको रूपमा म उनलाई बुझ्दछु ।
जतिबेला छिमेकीले हाम्रो नुनतेल ल्याउने बाटो बन्द गरी हामीलाई उकुसमुकुस बनाइरहेको थियो, त्यसबेला कोही नेताजीहरू ऐश आरामका साथ मस्त घुर्दै निदाइरहेका बेला उनी भिन्न आस्था र फरक विश्वास बोकेका सैयाँै थुङ्गा फूलहरूलाई समेटेर उनले जसरी सारा नेपालीजनलाई एउटै मालामा उनेर सबैभन्दा पहिला आफू जन्मेको धर्ती भनेको आमा हो र हाम्रो प्रमुख दायित्व भनेको हाम्रो आमालाई सकस पर्दा बलिदान गर्न पनि पछि नहटी सङ्घर्षको मैदानमा जसरी उनी सदियौंदेखि खटिइरहेका थिए, ठिक त्यसैगरी अहोरात्र खटेर हाम्रो देशलाई फिजी वा सिक्किम जस्तो औपनिवेशिक र अन्तमा विलय हुनबाट जोगाउन महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण उनी असाधरण क्षमताका व्यक्ति हुन अब यो सिद्ध भैसकेको छ । यसअघिको नौ महिने कार्यकालमा उनले शुरू गरेका ‘निड बेस् डेभलपमेण्ट’ अनि दीर्घकालीन महत्वका विकासका प्रायसको कारण पनि उनको खाँचो रास्ट्रलाई परेको भान सारा जनमानसमा भित्री रूपमा परेको कारण नै हो उनको नेतृत्वमा दक्षिण एसियाकै सबैभन्दा बढी लोकप्रिय राजनैतिक दल सावित भई एसिया कै दोस्रो बलियो मेजरिटीको सरकार बन्न सफल रह्यो ।
यो अवस्था इतिहास मै न कुनै दलले ल्याएका थिए, न त कुनै दिन अरू कसैको नेतृत्वमा सम्भव नै छ । हो, आज ती नै बोधीवृक्षको बिरुवा एक बयश्क रूख भई सारा नेपाली जनताहरूलाई शीतलता प्रदान गर्न तल्लीन छ । बाल्यकाल देखि नै उसले समाजमा रहेको विसङ्गति र विकृतिहरूलाई भण्डाफोर गर्दै गाउँ कै समान्ती तत्वहरूका विरुद्ध शुरू गरेको निष्ठाको लडाइँ आज जीवनको यो कालखण्डसम्म आइपुग्दासम्म लडिरहेका छन् । राम्रो काम गर्दा जनताहरूको सहयोग, सद्भाव एवम् पपुलारिटीबाट छट्पटिएका एकातिर समान्ती संस्कार बोकेकाहरू र अर्कातर्फ आफ्नै भनाउँदाहरूले उनको सत्य प्रतिको त्याग र समर्पणबाट अत्तालिएकाहरूले उनको सुवाषित छविलाई धमिल्याउने अनेकौ हथ्कण्डा विगतदेखि हालसम्मै नअपनाएका हैनन् ।
हाम्रो जस्तो देशमा एक युगमा एकपटक मात्र जन्मने यीजस्ता महान् जननेता न पहिला जन्मेका नै थिए न त पछि नै जन्मने नै छन् जो कहिल्यै आफ्नो स्वार्थमा लिप्त भो, न त पारिवारिक मोह ले कतै छोयो नै । जीवनको कैँयौँ वर्ष वर्गीय मुक्तिका लागि जेलनेल खेपेका उनी नेपाली इतिहासकै एक होनहार र नेपाल आमाको एक सच्चा सुपुत्र हुन् ।
न त पारिवारिक मोह ले कतै छोयो नै । जीवनको कैँयौँ वर्ष वर्गीय मुक्तिका लागि जेलनेल खेपेका उनी नेपाली इतिहासकै एक होनहार र नेपाल आमाको एक सच्चा सुपुत्र हुन् ।
तर जो सत्यमा छ, ऊ कहिल्यै बिछिप्त हुन्न भन्ने दरिलो उदाहरण पेस गरेका कारण बागडोर सम्हालेका दिनदेखि आजका दिनसम्म गरेका कामले नै हो आज उनलाई आज विश्वले आफ्नो ध्यानाकर्षण गर्दैछ ।
नेपालको लामो समय पश्चात्को इतिहास मै जनताको मेजरिटीका साथ सरकार बन्यो, तत्समयदेखि नै आफ्नै भित्रदेखि बाहिरसम्म नै ओलीको फर्कदै छवि अनि बढ्दो लोकप्रियताप्रति ईष्र्यालु मन भएका लोभी पापीहरूदेखि आफ्नै थालमा छेद पार्ने अवसरवादीहरू हात धोएरै लागी परे तापनि उनीहरूको कुण्ठा र रोइलोले कुनै लाछरपाटो लगाउँन सकेन । न त आजसम्म कसैले यस्तो हिम्मत गरे, न त साहस नै । यसअघि हाम्रो भूमिको ‘सेन्टिमेन्ट’ बन्यो त केवल सत्ताबाहिर हुँदाको छट्पटी अनि सोलाई भँजाएर खाने ‘खोकला राष्ट्रवाद’ ।
ओलीअघि भएका सबै नेतृत्वले सत्तामा हुँदा चुँइक्कसम्म नबोल्ने अनि कुनै दिन प्रसङ्ग आउनासाथ तर्किने र ‘स्किकेबल एन्सर’ यानेकि प्रश्नबाट पन्छिने, उत्तर दिएर टार्ने गरेको देखियो भने सत्ताबाहिर हुनासाथ सबैभन्दा ठूलो मुख बाउने गरेको हामीले प्रस्टै देखिन्थ्यो । जुन द्विभाषात्मक मुखारीकृत देख्दा हामी सबै दिग्दार भएकै थियौं । जनताहरू सबैमा सचेतता थियो, सबै जनता देशको भूमि अरूले हड्पेको देख्दा आक्रोषित थिए तर गतिलो र बलियो नेतृत्वकर्ता नभएको हुँदा जनता निरूत्साहित थिए तर ओलीले जसरी अहिले इतिहास मै बलियो नेतृत्वदायी भूमिका निर्वाह गरे, ठिक त्यसैगरी जनताहरूमा एक प्रकारको उत्साहजनक मनोविज्ञान देखा परेको भान हुँदैछ ।
जसरी अहिले देशको साँधसिमा तोक्ने र भारतले मिचेको लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितको आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गराउन सफल रह्यो अनि सोलाई सदनबाट नै स्वीकृत गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा ओलीको यस साहसलाई इतिहासमा अमिट रूप लिने पक्का छ ।
हो म यत्तिचाहिँ स्वीकार्छु कि, वर्तमान सरकारसँग जनताहरूले धेरै नै आकाङ्क्षा राखेका छन्, त्यो जादुको छडी झै छुमन्तर हान्नासाथ पूरा हुँदैन । व्यवस्था परिवर्तन गर्नै धेरै नियम कानुनका झण्झटिला प्रक्रियाहरू छन्, तिनीहरू क्रमिकरूपमा विस्थापित हुँदै जनपक्षीय कानुन बन्दैछ ।
हो म यत्तिचाहिँ स्वीकार्छु कि, वर्तमान सरकारसँग जनताहरूले धेरै नै आकाङ्क्षा राखेका छन्, त्यो जादुको छडी झै छुमन्तर हान्नासाथ पूरा हुँदैन । व्यवस्था परिवर्तन गर्नै धेरै नियम कानुनका झण्झटिला प्रक्रियाहरू छन्, तिनीहरू क्रमिकरूपमा विस्थापित हुँदै जनपक्षीय कानुन बन्दैछ । सदियांैदेखि सोही गतिमा चलेको प्रवृत्तिलाई आधुनिक लोककल्याणकारी राज्यको मेन स्ट्रिममा ल्याउन केही समय पक्कै लाग्ने हुँदा जनाताले अपेक्षा गरिए मुताबिक शतप्रतिशत सेवाप्रवाह गर्न अलि नसकिएको होला तर सरकारले प्रयास भने गरी नै रहेको छ । यस अघिका कुनै पनि सरकारले आजको जति काम गरेको थिएन भनेर जिकिर गर्दा कोहीकोहीले भन्ने गर्छन कि यसअघि यतिको बलियो सरकार पनि त थिएन । त्यति बलियो नहुनाको कारण के त भनेर सोध्दा आउने उत्तर नै ओलीको व्यक्तित्वको सबैभन्दा बलियो पक्ष हो । हो, त्यही गुणको नै म जबर्जस्त फ्यान हूँ ।
जेठ ५ गते मन्त्रिपरिषद्को बैठकले र हिजोमात्र सदनबाट लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सालाई आधिकारिकता दिने निर्णय गरेलगत्तै दिल्लीदेखि बेइजिङसम्म तरङ्ग पैदा गरेको छ । नेपाल पनि अहिले भारतसँगको सीमा विवादमा अल्झिएको छ । जसमा भारतले बेवास्ता गर्दा नेपालले आफनो आन्तरिक हित र स्वार्थनिम्ति आफैँ अग्रसरता लिएर भारतलाई दबाव दिनसक्छ । न कि राष्ट्रवादी र देशभक्त बन्ने होडमा नलागी जिम्मेवार छिमेकीका रूपमा अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुनको आधारमा निकास निकाल्न सकियोस् ।
छिमेकीसँगको संघर्षले न भारत न नेपाल दुवैलाई फाइदा हुनेछैन । अर्कातर्फ सस्तो लोकप्रियता कमाउने होडमा यस्ता विषयलाई भविष्यको राजनीतिक जोड घटाउसँग जोडिनु पनि हुँदैन । नेपाललाई युद्धभूमिमा रूपान्तरण गरेर यहाँ आफ्नो उपस्थिति सुदृढ तुल्याउन चाहनेहरूको इच्छा पूरा गर्ने र पछिल्लो समयमा विकसित घटनाक्रमहरूले भारत र नेपालसँग चीनको बार्गेनिङ् क्षमता बढाउने छ । भारत र चीनबीच दशकौंदेखि कायम अन्तरविरोधको सिथिलीकरणमा नेपालले मध्यस्थ भएर योगदान पु¥याउनु पर्नेमा भारत र चीनको आपसी समझदारी या असमझदारीको परिणाम झेल्नुपर्ने ठाउँमा नेपाल आइपुगेको छ ।
संसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवम् नेपालले आफ्नो कूटनीतिक शक्तिको आँकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै विवादित बयान दिएकी थिइन् ।
अहिले विश्व आक्रान्त भएको बेला नेपालमा दोहोरो सङ्कट छ । विपत्ती विरुद्धका लडाइँमा प्रत्येक नेपाली एक हुनु पर्नेमा केही सञ्चालित व्यक्तिहरू भने यही बेला नै लोकप्रियतामा खँुडा हान्ने भनेर लागिपरेका छन् । सदनभित्रै केही कुपात्रहरू प्रतिकूल असर पर्ने गरी फलाक्दै छन् भने केही सिमाको मिच्याइँ विरुद्दको आवाज र सो प्रयासको विरुद्दमा काउण्टर दिन अर्को प्रस्ताव दर्ता गरेकी समानुपातिक सांसद् सरिता गिरीले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् । संसद बैठकमा गिरीले भारतलाई नसोधी नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवम् नेपालले आफ्नो कूटनीतिक शक्तिको आँकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै विवादित बयान दिएकी थिइन् ।
नेपालीहरूमा धार्मिक सहिष्णुता रहेको मानिएकोमा पछिल्लो चरणमा गणतन्त्र आएपछि विभिन्न देशहरूले केही नेताहरूलाई प्रलोभनमा पारी जनताहरूमा खासगरी जातीय उन्मुक्तिको दुहाई दिने पार्टीहरूका निर्देशनमा मुलुक धार्मिक, जातिगत, क्षेत्रगतलगायतले दुई पाटामा विभाजित हुँदै हिन्दू र गैरहिन्दू वा जनजाति र गैरजनजाति खालको खेमामा फैलिएका छन् । नयाँ र पुरानो सरकार, संस्कार अनि जमाना आदिको नामकरण गरी विभाजित स्वरूपको सामाजिक कार्यशैलीको फलस्वरुप भेद्भावका खाडलहरू दिन प्रतिदिन गहिरिएका छन् ।
यतिबेला नेपाल आमालाई पीडा परेको छ । सौताले खोस्दै लगेको छोरोलाई आफूसँग नै राख्न बिलौना गरिरहेकी आमालाई सहयोग सबै तिरबाट गर्नु आजको आवश्यकता हुँदाहुँदै हाम्रातिर केही मुट्ठीभरका तोरी लाहुरेहरू विभेदीकृत व्यवहारको नयाँ रङ सिर्जना गराउनपट्टि लागेका छन । गोरो छाला, अग्लो आकार, लाम्चो नाक, ठूलो आँखा आदिलाई राम्रो भनिने र मानिने संस्कारका विरोधमा ती काला, पुड्के, चिम्से अनि थेप्चेहरू लाग्नुलाई समयसापेक्ष मानिँदैन र त्यसको प्रत्यक्ष अनि परोक्ष रूपमा दमन गरिन्छ, ती कार्य नै रङ्गभेदी क्रियाकलाप हो ।
सरकारविरूद्धका हरेक कदम सरकारलाई भूभाग फिर्ता ल्याउनबाट रोक्ने आन्तरिक तथा वाह्य शक्ति प्रेरित गतिविधिप्रति जागरुक युवाजगत चनाखो हुनु पर्दछ । यो निश्चित हो कि वर्तमान सरकार र यसका नेतृत्वकर्ता केपि शर्मा ओलीले अहिले राष्ट्र बचाउन खेलेको भूमिका छ, त्यो भावी सन्ततिहरूका लागि एक ‘मिराकल’ साबित हुनेछ ।
पढेर उच्च स्थानमा पुग्नेहरूको जहाँ पनि जयजयकार हुने नै गर्दछ तर नपढ्ने अनि हक, अधिकार तथा सुविधाका प्रसङ्गमा रङ्गभेद, जातीयता आदिका भेद्भाव गरिएको भन्दै समानताको अधिकार खोज्नेहरूबाट समाज तथा देश सकारात्मक स्वरूपले अगाडि बढ्न सक्दैन । आफ्नै पार्टीभित्र वा बाहिरबाट सरकारका अक्षमता र अभाव विरूद्ध पार्टी फोरम वा सडकमा उठ्ने हरेक आवाजलाई गुमेको भूभाग फिर्ता ल्याउने सरकारको प्रतिबद्धता विरूद्धको षड्यन्त्र र राष्ट्रघातको रूपमा चित्रण गर्न ओली र सरकार पक्षलाई छेक्न कसैलाई निकै सकस पर्ला नै ! सरकारविरूद्धका हरेक कदम सरकारलाई भूभाग फिर्ता ल्याउनबाट रोक्ने आन्तरिक तथा वाह्य शक्ति प्रेरित गतिविधिप्रति जागरुक युवाजगत चनाखो हुनु पर्दछ । यो निश्चित हो कि वर्तमान सरकार र यसका नेतृत्वकर्ता केपि शर्मा ओलीले अहिले राष्ट्र बचाउन खेलेको भूमिका छ, त्यो भावी सन्ततिहरूका लागि एक ‘मिराकल’ साबित हुनेछ ।
समाधान लडेर होइन छलफलबाट निकाल्न सकिन्छ । उदाहरणका लागि इथियोपिया र इरिट्रिया मोडललाई आधार बनाएर यो समस्या समाधान गर्न सकिन्छ । सन् २०१९ को नोबेल शान्ति पुरस्कार बिजेता ४१ वर्षीय डा.अहमेदले जसरी राष्ट्रियतालाई अघिल्ला पुस्ताका नेताहरूले झँै ‘पब्लिक सेन्टिमेण्ट’को विषय बनाएनन्, उनले राष्ट्रियतालाई कहिल्यै भ¥याङ् बनाएनन् न त सो अघिका नेतृत्वगणले झँै खोकला राष्ट्रवादको कनिका नै छरे । उनले सिमाको विवाद समाधानमा आफँै अग्रसर हुँदै केवल प्राणी जातिको स्वार्थमा एक ढिक्का बनाए र सारा जनताहरूलाई अनि देश विकासको मोडल यसरी प्रस्तुत गरे । अभाव, भोकमरी अनि अनिकालबाट ग्रसित हिजो लाखाँैलाख पलायन भएका इथियोपियनहरू आज स्वदेश फर्केका छन् । अनेक मेगा प्रोजेक्टमा दाताहरूले लगानी बढाउँदै लगेका छन् । भोकमरी र अभाव अब यस पछिको पुस्तालाई एकादेशको कथा हुने निश्चित छ ।
अत्यन्तै खराब प्रवृत्ति हो । तसर्थ ओली नेतृत्वलाई काम गर्न सबै तिरबाट साथ सहयोग र प्रेरणा अनि हौसला प्रदान गर्नु नै आजको आवश्यकता हो ।
तब त उनलाई इथियोपियामा मात्र होइन जानी दुश्मन मानिएको इरिट्रियामा समेत अत्यन्तै आदर सम्मान गरिन्छ र अफ्रिकी युनाइटेड उनलाई नेल्सन मण्डेला पछिको अर्को भगवान् भनेर चिनाउँदै छ । एक दसक अघिसम्म अभाव, भोकमरी अनि सबै भन्दा गरिब भनेर चिनिने इथियोपिया आज चिन र बर्मा पछिको तेस्रो द्रूत विकास गर्ने देश अनि शान्ति स्थिरता कायम गर्ने विश्वकै रोलमोडल देशका रूपमा चिनिएको छ । हो ठिक त्यसैगरी ओली नेतृत्वले पनि त्यही कामको शुरूवात गर्ने प्रयास गर्दैछ । त्यसमा हामी सबैले आँट, उत्प्रेरणा अनि हौसला दिना सकियो भने यो सम्भव छ अन्यथा ओलीपछि अर्को छिर्के मिर्के जो आए पनि हाम्रो मुलुक यो गतिभन्दा माथि उठ्न कदापी सक्दैन । हिजो नेपालभन्दा मानव विकास सूचकाङ्कमा १४ लाइन पछि रहेको गरिव देश इथियोपिया आज नेपालभन्दा २१ गुणा माथि फड्को मारिसक्यो तर हामी भने यस्तैमा अल्मलिरहेका छांै । जुन अत्यन्तै खराब प्रवृत्ति हो । तसर्थ ओली नेतृत्वलाई काम गर्न सबै तिरबाट साथ सहयोग र प्रेरणा अनि हौसला प्रदान गर्नु नै आजको आवश्यकता हो ।
वर्तमान समयमा हरेक समस्याको सामाधान निश्चित रूपमा छ । हामी आर्थिक र सामरिक रूपमा सानो मुलुक हौं तर स्वभीमान् र हैसियतमा समान छौं । यस्तो अवस्थामा हामीले समस्याको समाधान गर्ने सिङ जुधाएर सिँगौरी खेलेर होइन कि ‘स्मार्ट डिप्लोमेसी’मार्फत् सोलुसन निकाल्नु सबैको हितमा हुनेछ जसलाई लागि हामीले अन्य देशहरूको सिमा विवाद र समाधानको नजिरलाई पनि रेफरेन्स लिन सकिन्छ ।





