जेठ २९, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगरप्रमुख रमेशकुमार बस्नेतले चालु आर्थिक वर्षमा ६५ प्रतिशत कार्यसम्पन्न भएको बताएका छन् ।
जनता भ्वाइसको जनप्रतिनिधिको एकवर्षे कार्य सम्पादन स्व मूल्याङ्कन कार्यक्रममा बस्नेतले यस्तो बताएका हुन् । चालु आर्थिक वर्ष २०७६–०७७ को अन्त्य हुने दिन नजिकिए सँगै मेयरले आफ्नो वर्षदिने कामको मूल्याङ्कन गरेका हुन् ।
आफ्नो एकवर्षे कार्यक्रमलाई अन्तिम चौमासिकको सुरुदेखि नै कोरोना भाइरस (कोभिड १९) ले ठूलो धक्का दिएको स्मरण गर्दै आफ्ना केही ठूला योजना संचालन गर्ने रणनीति भएको भए पनि सो कार्य गर्न असमर्थ भएकोमा दुःख व्यक्त गरेका छन् । ‘स्थानीय जनशक्ति परिचालन गरेर भएपनि काम कार्यगतिलाई निरन्तरता दिएका छौं । वडा कार्यालयसम्मका सडकको पिच कार्यलाई निरन्तर अगाडि बढाइएकै छ । मन्थली नगरपालिकाको कामको गति नरोकिएको भए पनि पूर्ण सन्तुष्ट हुनसक्ने अवस्था पनि छैन ।’
मन्थली भित्र रहेका प्राथमिक स्वास्थ चौकी लगायतका निजी अस्पतालहरुलाई समेत कोरोना भाइरसको महामारी फैलिएर त्राहीत्राही हुने सम्भावित अवस्थामा आवश्यक औषधि र सरसामग्रीहरु उपलब्ध गराएको बस्नेतले बताएका छन् ।
केहीदिन अघि विभिन्न समाचार माध्यमहरुमा देवकोटा–बसपार्क सडक खण्डमा पिच गरेको ३ महिनामा नै भत्किएको विषयमालाई सम्बोधन गर्दै सो पिचको गुणस्तरता जाँचको लागि प्राविधिक पठाइसकिएको र त्यसको रिपोर्ट आएपछि सडक निर्माण गर्ने ठेकेदारलाई पुर्नमर्मतको लागि निर्देशन दिने बताएका छन् । यद्यपि सो सकडमा परेका खाल्डालाई पुर्ने कार्य समेत सम्पन्न भइसकेको छ ।
आफ्ना केही ‘ड्रिम प्रोजेक्ट’ का बारेमा बोल्दै नगरप्रमुख बस्नेतले भने, ‘मेरा केही ड्रिम प्रोजेक्टहरु छन्,जो म यहाँबाट समायावधि पछि बर्हिगमन हुनेबेला कार्यसम्पादन या थालनी गरेर जानेछु, त्यस्तो प्रोजेक्ट मध्यमा तीनलाल पार्क रहेको छ । हाटेचौरमा भएको तीनलाल पार्कको ठेक्का प्रक्रिया सम्पन्न भइसकेको र कोरोना भाइरसको कारणले रोकिएको हुनाले त्यो सुरु हुन सकेको छैन । सुख्खा ग्रस्त मन्थली हुँदैगर्दा यहाँ सिँचाईका लागि पनि पूर्वाधार तयार गर्ने मेरो सपना रहेको छ ।’
बाँकी भिडियोमा…





