जेठ ३०,
रामेछाप । रामेछापको १ सय १८ विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा रहेको जिल्ला अस्पताल रामेछापले जनाएको छ । जसमा ६ जना महिला र ११२ जन पुरुष रहेका छन् । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । शुक्रबार दिएको जानकारी अनुसार उमाकुण्ड गाउँपाकिलामा २५ जना, मन्थली नगरपालिकामा ३३ जना, रामेछाप नगरपालिकामा १४ जना, गोकुलगंगा गाउँपालिकामा २५ जना, दोरम्बा गाउँपालिकामा ३ जना र लिखुतामाकोशी गाउँपालिकामा १८ जना क्वारेन्टिनमा बसेका छन् । उनीहरु सम्बन्धीत नगर तथा गाउँपालिकाको स्कूलमा बनाइएको क्वारेन्टिनमा बहेका छन् ।
स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णका अनुसार गत शुक्रवार कोरोना संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ र लिखुतामाकोशी गाउँपालिकाका ५ जना गरी कुल १६ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखि उपचार भैरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
एक जना लिखुतामाकोशी गाउँपालिका वडा नं ७ का २६ वर्षका पुरुषको स्वास्थ्यमा समस्या आएका पछि बिहिबार थप उपचारका लागि पाटन अस्पताल रेफर गरिएको छ । जिल्लामा हालसम्ममा संक्रमणको जोखिमतालाई मध्येनजर गरी ७४ शैयाको आइसोलेशन कक्ष र ४२१ शैयाको क्वारेन्टिन कक्ष सतयार गरिएको छ ।
त्यस्तै कर्णका दिएको जानकारी अनुसार ८५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । हालसम्म १ सय ३८ जनाको पिसिआर स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शुक्रवारसम्ममा २४० जनाको पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै ८ सय ६७ जनाको आरडिटी परीक्षण गरिएको छ । जसमा महिला १७९ र पुरुष ६८८ जनाको आरडीटी प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कर्णले बताए । जिल्लाका २० जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्फारमितको संख्या ५०६२ पुगि सकेको छ । फोटो फाइल





