जेठ ३२
रामेछाप । रामेछापको गोकुल गंगा गाउँपालिका वडा १ चुचुरेले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विषादी छर्कना सुरु गरेको छ । आइतबारदेखी हरेक हप्ताको शनिबार बिहान ११ बजेदेखी २ बजेसम्म मानिसहरुको चहल पहल रहने ठाउँहरुमा कोरोना नियन्त्रको लागि विषादी छर्कना सुरु गरेको वडा अध्यक्ष मनि कुमार लामाले जनता भ्वाइसलाइ जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा स्वास्थ्या चौकी, बैक, सहकारी, बजार क्षेत्र, हाइड्रोपावर निर्माण धिन क्षेत्र, प्रहरी चौकीलगाएतका ठाउँमा सोडियमहाइड्रो कोलोराइड् नामक औषधी छर्कीन सुरु गरिएको हो ।
उनका अनुसार ती क्षेत्रमा औषधी छर्केको करिब ३ घण्टा प्रवेशमा निशेध गरिने छ । औषधी छर्किदा पनि चिकित्सकसहितको उपस्थितिमा छर्किने उनले बताए ।