जेठ ३२
रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा महिन्द्रा मिनिट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । भने २ जनाको अवस्था समान्य रहेको छ।
गम्भिर घाइते हुनेमा लिखु तामाकोशी गाउँपालिका काङ्बा घर भएका १८ वर्षीय बिशाल बम्जन रहेका छन् । उनको उद्दारका लागि नेपाल रेडक्रस सोसाईटी रामेछापको एम्बुलेन्स घटना स्थलतर्फ गएको छ ।स्थानिय स्रोत अनुसार उनको ढाडमा समस्या भएको बुझिएको छ।

आइतबार दिउँसो ३:३० बजेको समयमा मन्थलीबाट बालुवा बोकेर लिखु तामाकोशी गाउँपालिकाको काङ्बा तर्फ जादै गरेको बा ३ ख ९०६८ नंम्बरको मिनिट्रक ओभरलोड्का कारण दुर्घटनामा परेको हो ।
ट्रकमा ३ जना सवार रहेका थिए ।