जेठ ३२,
रामेछाप । रामेछापमा आज कोरोना पुष्टि भएका दुई जनाको ठेगाना खुलेको छ । उनीहरु भारत लगायत विभिन्न ठाउँबाट आएर क्वारेन्टिनमा बसेका लिखुतामाकोशी गाउँपालिकाका एक जना र मन्थली नगरपालिकाका एक जना गरी दुई रहेकि खुलेको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।
उनका अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिकाका १९ वर्ष र लिखुतामाकोशी गाउँपालिकाका २९ वर्षका पुरुष हुन् । आइतबार नेपालमा थप ४ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा रामेछापका २ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । आज ३७५ पुरुष र ५० जना महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
रामेछापमा यस अघि एकै पटक १७ जनामा र एक जना रामेछापका स्थानिय हाल लुम्लामा कार्यरत एक जनामा र काठमाडौंमा रहेका एक जनामा कोरोना पोजेटिभ देखिएको थियो । यो संगै रामेछापमा कुल कोरोना संक्रमितको संख्या २२ पुगेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । file photo